प्रकोपको क्षति ब्यवस्थापन गर्न कांग्रेसको ध्यानाकर्षण

Enepal Patra Pvt. Ltd. , ३११  पटक हेरिएको

लेटाङ, ७ कार्तिक । केही दिन अघीको बर्षाका कारण आएको बाढीपहिरोले खानेपानी तथा खेतीवारीमा ठुलो क्षती गरेको भन्दै नेपाली कांग्रेस लेटाङले उचित क्षतिपुर्ती तथा राहतका लागि ध्यानकर्षण गरेको छ ।
आज लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल निराैला लाई कांग्रेस लेटाङका सभापती दिपकचन्द्र राई लगायतको टोलीले ध्यानकर्षण पत्र बुझाएकाे हाे ।
४ बुदेँ माग सहितको ध्यानकर्षण पत्रमा भारी बर्षाका कारण लगाईएको बालिनाली तथा खानेपानीमा ठुलो क्षती पुगेको हुँदा स्थलगत निरिक्षण गर्दै प्रत्येक वार्डको विवरण संकलन गरि तत्काल किसनलाई उचित क्षतिपुर्ती उपलव्ध गराउनुपर्ने, चिसाङ खोला ,भुवा खोला , मोरङी खोला , तेली खोला लगायतका अन्य खोल्सीहरुमा आएको बाढीका कारण खेत कटान, कुलो पैनी क्षती , बाटो अवरुद्ध भएको ठाउँमा तत्काल तारजालीको ब्यवस्थापन गरि तटवन्धन तथा सिचाईको ब्यवस्थापन गर्नुपर्ने , खानेपानीको दिर्घकालिन समाधानका लागि पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
ध्यानकर्षण पत्र बुझ्दै उपप्रमुख निरौलाले प्राकृतिक विपतीवाट उब्जेको समस्यालाई गम्भिर ढंगले लिएर समाधानका लागि लागिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले कांग्रेसले जनताको समस्या लिएर आएकोमा धन्यवाद समेत दिनुभयो ।

प्रकाशित मिति: २०२१-१०-२४ , समय : १५:०२:५५ , ३ वर्ष अगाडि