साइकल अध्यक्षकाे गाडी दुर्घटना

Enepal Patra Pvt. Ltd. , १४८९  पटक हेरिएको

उर्लाबारी ,३२ साउन ।साइकल चढेर इन्धन बचत गरेको भन्दै सामाजिक सन्जाल रङ्ग्याउने मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य चढ्ने गाउँपालिकाको गाडीले ठेला र अटोलाई ठक्कर दिँदा ६ जना गम्भीर घाईते भएका छन् । आइतबार दिउसो १ बजे उर्लाबारी—७ स्थित भद्रमारीमा तिब्र गतिमा आएको को १ झ ५७६ नम्बरको स्कारपियोले ठक्कर दिँदा उनीहरु गम्भीर घाईते भएका हुन् । घाइते हुनेमा ठेला चालक इटहरी—५ निवासी ३९ बर्षीय कुलबहादुर विक रहेका छन् । यस्तै अटो चालक मिक्लाजुङ—४ बस्ने अर्जुन तामाङ, अटोमा सवार सोहि वडाकै १४ बर्षीया पुजा राई, २७ बर्षीया जुनुमाया तामाङ, बर्ष १४ कै खुशी तामाङ र ६५ बर्षीया दिलकुमारी राई घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । घाईतेहरुको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भईरहेको छ ।
साइकल प्रेमी मिक्लाजुङका अध्यक्ष आचार्य गाडीमा सवार थिए कि थिएनन् , प्रहरी निरीक्षक खड्का बताउन चाहेनन।उनले भने, स्कारपियोमा अक्सिजन लिन गाडी जादैं गरेको रहेछ । एक्कासी दुर्घटना भएछ । यद्यपि, घाईतेहरुले मद्रासी फिल्मी शैलमा तुफान गतिमा आएको गाडीले ज्यान लिने उदेश्यले दुर्घटना गरेको बताए । यस विषयमा गाउँपालिका अध्यक्षसँग फोन सम्पर्क गर्दा दिनभर स्विच अफ थियो । मुद्धाको किनारा नलाग्दै गाउँपालिकाका चालक पनि घाईते भएको भन्दै डिश्चार्ज पछि प्रहरीले घर पठाएको छ ।

प्रकाशित मिति: २०२१-०८-१६ , समय : १९:३७:३८ , ३ वर्ष अगाडि