दलित जनप्रतिनिधि सम्मेलन सुरु

इनेपालपत्र , ३४  पटक हेरिएको

दिपेश रोक्का

गाइघाट , २१ वैशाख ।  दलित संघ कोशी प्रदेश तथा दलित महिला संघ उदयपुर गाइघाटको आयोजनामा दलित जनप्रतिनिधिकाे जिल्ला सम्मेलन सुरु भएको छ । ओरेक उदयपुरको समन्वय /सहकार्यमा आयाेजना गरिएकाे कार्यक्रम ‘समग्र विकासको अवरोध , जातिय लैंगिक विभेद ‘ नाराको साथ सम्मेलनको आयोजना गरिएको थियो ।

दलित महिला संघले राज्यलाई सघाउने तथा दलित समुदायको नीति तथा नियमहरु बनाउने उदेश्यले २ दिने सम्मेलनको आयोजना गरिएको FEDO कोशी प्रदेशकी अध्यक्ष पान्डु परियारले बताइन । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले इतिहासलाई हेर्दा दलितहरुले पढ्नु निषेधित कुरा भएको र राम्रो खानु लगाउनु असम्भव रहेको थियो , अहिले त्यस्तो अवस्था रहेको अध्यक्ष देवराज विश्वकर्माले बताए । जातीय भेदभावको अन्त्य गर्न राष्ट्रिय दलित आयोगले विभिन्न योजनाहरु , नीति नियमहरु बनाएको अध्यक्ष विस्वकर्मा बताए ।

आफ्नो नगर , पालिकामा दलित बालबालिका कती पढ्न पाएका छैनन् , कति दलितहरु गरिबीको रेखा मुनि छ भनेर अध्ययन तथा अनुसन्धान गर्न दलित कार्यपालिका सदस्यहरुलाई अध्यक्ष विस्व्कर्माले निर्देशन समेत दिएका छन । दलित महिलाहरुले जुन प्राप्ति गरेको चिज छ यसलाई अझ विकास गरेर जानू पर्छ र जुन उत्पीडनमा परेका समुदायहरुलाई अझ अगाडी लाग्न सकियो भने अझ हुने प्रदेशकी प्रदेशकी उप – सभामुख सृजना दनुवारले बताइन । उदयपुर जिल्लामा कुनै त्यसको खालको जातीय भेदभाव भयो हामीलाई आएर भन्न्नु भयो कार्वाही दयरा लग्ने उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए ।

त्रीयुगा नगरपालिका भित्र दलितहरुको लागि विभिन्न योजनाहरु समावेश गरेको नगर प्रमुख बसन्त वसन्त बस्नेतले बताए । कार्यक्रममा विभिन्न राजनीति दल , संघ संगठनका ब्यक्ति , न्याधीबत्ता , समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दलित महिला संघ उदयपुरको अध्यक्ष सुशीला विश्वकर्माले गरेको थिइन ।

प्रकाशित मिति: २०२४-०५-०४ , समय : १८:४३:०४ , २ हप्ता अगाडि