Enepal Patra Pvt. Ltd. , ६२२ पटक हेरिएको
काठमाडौं १४ असोज। यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।
उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।
तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रकाशित मिति: २०१९-१०-०१ , समय : १३:३७:३२ , ५ वर्ष अगाडि