ईलाम,२९ असार। उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका-७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।

१ जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो ।

पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.