लेटाङ नगर सभापतिमा कुबेरले गरे , उम्मेद्वारी घोषणा

Enepal Patra Pvt. Ltd. , १८९७  पटक हेरिएको

लेटाङ(मोरङ),१८ असार । उत्तरी मोरङको सामाजिक र राजनीतिक क्षेत्रमा चर्चा बटुलिरहेको नाम हो – कुवेर पौडेल । पौडेल नेपाली कांग्रेस लेटाङ नगर समितिको सचिव हुनुहुन्छ । कांग्रेसको १२ औं महाधिवेशनमा तत्कालिन जाँते गाविसको कार्य समिति सदस्य भएर राजनीति सुरु गर्नु भएका पौडेल १३ औं महाधिवेशनमा जाँतेको सचिव निर्वाचित हुनुभयो ।
राज्य पुनर्संरचना पछि जाँते गाविस लेटाङ नगरपालिका बन्यो । पार्टीको नियमानुसार नगर समितिमा लेटाङका दुई, जाँतेका दुई र वारङ्गीका दुई गरी ६ सचिव भए । तर, पार्टीले समायोजन पछिको समितिमा पौडेललाई मात्र सचिवमा चयन ग¥यो । पौडेल आसन्न १४ औं महाधिवेशनमा लेटाङ नगर समितिको सभापतिमा उठ्ने पक्का पक्की जस्तै भएको छ । कांग्रेसमा औषत ५० वर्ष ननाघेकाहरूले पार्टीको कुनै जिम्मेवारी पाएका छैनन् । संसदीय राजनीतिमा पनि उही चाल छ । युवाहरूले नेतृत्व लिन खोज्दा कपाल फुलेको छ छैन्,जेल बसेको हो होइन ? सोध्ने गरिन्छ । पौडेल भरखर ३४ वर्षको पुगेपनि जिम्मेवारीका हिसावले भन्ने हो भने कुनै पाका ब्यक्तिको भन्दा कम छैन् ,उहाँको भोगाई र काम गराई ।
सचिव भएर काम गर्दा पाएको लोकप्रियता र सफलताले नै पौडेललाई नगर सभापति बन्ने भोक जाग्यो । उहाँले भन्नुभयो–युवाको नेतृत्वमा नै कांग्रेसको अस्तित्व देखेको छु । अबको कांग्रेस युबाले नै हाक्नुपर्छ । सशक्त संगठनले मात्र सुदृढ कांग्रेस निर्माण गर्न सकिन्छ । बिगतमा कांग्रेस खोज्नु पर्ने ठाउँहरू आज कांग्रेसमय भएका छन् । कांग्रेसमा आएका युवाहरूलाई उपयुक्त अबसर दिन सकिएन भने फेरि पनि संगठन कमजोर हुन्छ । पौडेल थप्नुहुन्छ–लेटाङका सबै वडामा कांग्रेसलाई जिताउन सकियो भने जसको नीति उसैको नेतृत्व निर्माण गर्न सकिन्छ । त्यसैले नीतिगत रुप मै कांग्रेसलाई सशक्त बनाउने अभियानमा छु । महाधिवेशन भन्नासाथ हामीमा नेतृत्व परिवर्तन अर्थात चुनाव हो भन्ने बुझाई छ । तर, पौडेल बृहत्तर समृद्ध लेटाङको परिकल्पना सहित निर्वाचनमा जाने बताउनु हुन्छ । उहाँले भन्नुभयो– अहिले म हरेक दिन समृद्ध लेटाङ निर्माणका लागि के के सम्भावना छ, त्यो खोजिरहेको छु ।
लेटाङ उद्योग वाणिज्य सङ्घको उद्योग सचिव समेत रहनु भएका पौडेलले २६ वर्षको उमेरमा स्थानीय नमूना बचत तथा ऋण सहकारी संस्था लि को लेखा संयोजक भएर गर्न थाल्नुभयो । त्यस बेला धेरैले उहाँलाई पत्याएका र्थिएनन् । ६ वर्ष काम गर्दा संस्थाको आर्थिक प्रगतिमा उल्लेख्य भूमिका निर्वाह गर्न सफल हुनु भएका पौडेल हाल सोही संस्थाको अध्यक्ष हुनुहुन्छ । सहकारीमा होस या, वाणिज्य सङ्घ । पार्टीमा होस या सामाजिक गतिविधिमा पौडेललको भूमिकामा कसैले औंलो उठाएका छैनन् । जाँतेबासी भन्छन् – नामका मात्र होइन ,काम र दानका पनि पनि कुबेर हुन् उनी । सहयोग माग्न आउनेहरू कुबेरको द्वारबाट खालि हात नफर्किएको धेरैको बुझाई छ । लेटाङ उद्योग वाणिज्य सङ्घको उद्योग सचिव भएपछि कुबेरलाई आफ्नो गतिबिधि बिस्तार गर्ने अर्को अबसर जु¥यो । पार्टी सचिव हुँदा कांग्रेसी साथी भाइसँग मात्र सम्बन्ध बिस्तार गर्न सक्नु भएका पौडेल अहिले ब्यापारी र उद्योगी बीच पनि उत्तिकै लोकप्रिय बन्नुभएको छ । पौडेल भन्नुहुन्छ– पार्टी सभापति बनेर लेटाङ कांग्रेस हाक्ने अद्भुत ईच्छा छ ।
पौडेल कुनै गुट वा समूहमा आबद्ध हुनुहुन्न । सस्थापन वा इतर दुबै पक्षका नेताले खबर गरेका कार्यक्रममा उहाँ तोकिएको समय अगाबै टुप्लुक्क पुग्नुहुन्छ । कोठे बैठकको कटु आलोचक पौडेल कुनै गुट वा समूहको समर्थनमा उम्मेद्वार नबनेको दाबी गर्नुहुन्छ । मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूको गृह नगरमा सभापति बन्न लिम्बूको आशिर्बाद चाहिन्न ? भन्ने जिज्ञाषामा पौडेलले भन्नुभयो – उहाँको मात्र होइन,लेटाङका सबै नेता कार्यकर्ता , क्रियाशील सदस्य, भातृ संगठनका साथीहरू, शुभेच्छुक संस्थाका साथीहरूको आशिर्वाद लिएर उम्मेद्वार बनिरहेको छु । उहाँले कुनै नेताको दबाबमा आफ्नो उम्मेद्वारीको बलि नहुने समेत दाबी गर्नुभयो । थप्नुभयो – म गुटको उम्मेद्वार होइन । पछिल्ला ५ वर्ष सचिब भएर काम गरें । आम कांग्रेसजनले राम्रै गरिस अब सभापति उठ्नुपर्छ भनेर सुझाए पछि उम्मेद्वार बन्ने घोषणा गरेको हुँ । तपाईको मुख्य प्रतिस्पर्धी को हो ? भन्ने जिज्ञाषामा उहाँले भन्नुभयो– अरु कसैले उम्मेद्वारी घोषणा गर्नु भएको छैन् । कसरी भनौ , प्रतिस्पर्धीको नाम ।

प्रकाशित मिति: २०२१-०७-०२ , समय : २१:१५:२५ , ३ वर्ष अगाडि