माफी मागेपनि रेग्मीको उहि पारा, ठेगान लगाईदिने दिए धमास !

Enepal Patra Pvt. Ltd. , ५३०  पटक हेरिएको

दमक । साइवर क्राईमको केशबाट बच्न माफी मागेर झुकेका शिक्षक पत्रकार युवराज रेग्मीले आफ्नो तर्साउने धन्धा अझैं छोडेका छैनन्।

उनले आफ्नो कर्तुत उजागर गर्नेहरुलाई ठेगान लगाउने भन्दै फेसबुकमा लेखेका छन् । घरी लेख्ने, घरी मेट्ने उनको फेसबुक पोष्ट देखी स्थानीय अचम्मीत भएका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन- ‘चरित्र हत्या गर्नेहरु विरुद्ध उजुरी दर्ता गरेको छु ।’

वडा सदस्य कोमल ढुंगानाले ठुलो मन गरेका कारण नै रेग्मी कानुनी पाटोबाट जोगिएका हुन् । आइन्दा कसैकाबारे कु-प्रचार नगर्ने भन्दै सहमति कागजमा ‘औठा-छाप’ लगाएका रेग्मीले फेरी पुरानै शैली अपनाएका हुन् ।

आफुले जनप्रतिनिधिबारे फेसबुकमा ‘उडन्ते’ पोस्ट लेख्दा चरित्रहत्या भएको महसुस नगर्ने उनि आफ्नो कर्तुत बाहिर ल्याउनेलाई भनेका छन – ‘मेरो व्यक्तिगत र पेशागत मर्यादालाई असर पुर्याउने उद्देश्य राख्ने विरुद्ध कानुनी कारबाही दिलाउन दमक थानामा उजुरी दिएको छु ।’

उनको फेसबुक पोस्टलाई धेरैले ‘आफ्नो आङ्को भैसी नदेख्ने, अरुको आङमा नभएको जुम्रा देख्ने’ बताएका छन ।

आफ्नो ठुला पत्रकारहरुसँग `लिंक´ छ बचाईहाल्छन नि भन्दै दम्भ देखाएर पेल्दै आएका रेग्मीबिरुद्ध जब प्रहरी थानामा मानमर्दन गरेको केश पर्यो तब उनी छागबाट खसेझै भए।

ग्रामिण पत्रकार मञ्च गौरादहको आइडीबाट रिस उठेका ब्यक्तिबिरुद्ध कटाक्ष पोख्ने रेग्मीले अन्तत दमक प्रहरी चौकीमा माफी मागेका हुन् ।

उनको कर्तुत उजागर भएपछि पुनः उनले समाचार लेख्नेहरुलाई प्रहरीमा उजुरी दिएको धमास दिएका छन् ।

‘जो चोर उसैको ठुलो स्वर’ भन्ने उखानलाई चरितार्थ गर्दै अर्कालाई गल्ती गरिस भनेर रेग्मीले औल्याईरहेका छन् ।

रेग्मीबारे पत्रकारितालाई भजाउदैं उनले फेक आइडी बनाएर दुखः दिएको र अन्ततः माफी मागेको समाचार प्रकाशन भएको थियो ।

आफ्नो इज्जतमा दाग लागेको भन्दै कानुनीबाटो खोज्ने भन्दै रेग्मीले फेसबुकमा लेखेका छन्। उनले लेखेको केही समयपछि पुनः सो पोष्ट हटाएका छन्। समाचार आएपछि गल्ती महसुस गर्नुपर्ने त कहाँ हो काँहा उल्टै ठुला कुरा गर्दै रेग्मी हिडिरहेका छन् ।
स्थानीय एक पत्रकार भन्छन्, `माफी दिएर गल्ती भयो, कानुनी उपचार गर्नुपर्थियो । ठुलो मिडियामा काम गर्ने हो भने त रेग्मीले मान्छे कुट्दै हिड्थे होला।´

यसअघि रेग्मीले आजित गराएपछि गौरादह नगरपालिका वडा एकको कार्यालयले उनले चलाउने ‘ग्रामिण पत्रकार मञ्च गौरादह’ नामक फेसबुक आइडीबाट प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

रेग्मीले गौरादह—१ का वडा सदस्य कोमलप्रसाद ढुंगानाले खाद्यान्न लुकाइ छिपाइ राखेर हिनामिना समेत गरेको हुन सक्ने भन्दै गम्भीर आरोप सहितको फेसबुक पोष्ट गरेका थिए ।

प्रकाशित मिति: २०२१-०६-०८ , समय : १३:३३:२३ , ३ वर्ष अगाडि