डा‍. कोईराला सहित ३ स्वास्थ्यकर्मीको बिदाई

Enepal Patra Pvt. Ltd. , ४४९  पटक हेरिएको

लेटाङ, १४ बैशाख । प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ ३ मा बिगत २ बर्ष अघि देखि छात्रबृति करार सेवामा काम गरिरहनुभएका डा। अनुपम कोईराला सहित ३ जना स्वास्थ्य कर्मीको बिदाई गरिएको छ ।

कोईराला उक्त संस्थामा बिगत डेढ बर्ष अघि देखि कार्यालय प्रमुखको रुपमा कार्याभार सम्हाल्दै आउनुभएको थियो । डा। कोईराला उच्च शिक्षाका लागि अमेरिका जाने बताईएको छ ।

बिदाई हुनेहरुमा जाँते स्वास्थ्य चौकीमा प्रमुख भएर काम गरिरहनुभएका सिनियर अहेब ईन्द्रमणी पोख्रेल र भोगटेनी स्वास्थ्य चौकीमा प्रमुख भएर काम गरिरहनुभएका सिनियर अहेव राजन नेपाल हुनुहुन्छ । पोख्रल र नेपाल आफ्नो सेवा अबधि समाप्त भएपछि रिटायर्ड हुनुभएको हो ।
उहाँहरुलाई लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल लगायत नगरपालिकाका कर्मचारीहरुले बिदाई गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२१-०४-२७ , समय : १६:०१:०३ , ४ वर्ष अगाडि