आधारभुत स्वास्थ्य चौकीको भवन आज सिलन्यास

Enepal Patra Pvt. Ltd. , ३४१  पटक हेरिएको

लेटाङ १४ बैशाख । लेटाङ नगरपालिकाको २ र ४ नं. वडामा बन्न लागेको आधारभुत स्वास्थ्य चौकी भवनको आज सिलन्यास भएको छ । लेटाङ नगरपालिका द्धारा बनाईरहको भवनलाई संघीय सांसद घनश्याम खतिवडा , लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्त रुपमा सिलन्यास गर्नुभयो ।

५,६ र ९ नं. वडाका भवन समेत निर्माण हुने लेटाङ नगरपालिकाका ईन्जिनियर सुवास आचार्यले जानकारी दिनुभयो । एउटा वडामा २० लाखको लागतमा भवन वनिरहको छ । साईपल अनुरोदय कन्ट्रक्सन जेभिद्धारा वनाईएको भवन असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्नेछ ।

स्वास्थ्य भवन निर्माण सम्पन्न भएपछी स्थानिय जनतालाई स्वास्थ्य उपचारमा सहजता हुने लेटाङ ४ का वडा अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०४-२६ , समय : १२:०७:३१ , ३ वर्ष अगाडि