मोरङ कांग्रेसको सभापतिमा रायमाझी र गच्छदारको चर्चा सचिवमा ढकालको

Enepal Patra Pvt. Ltd. , ५७५  पटक हेरिएको

बिराटनगर, १२ बैशाख। मोरङ कांग्रेसको आउदो अधिवेशनका लागि विभिन्न समुह सक्रीय देखिएका छन । मोरङ काङ्ग्रेस भित्र शक्तिसाली बर्चश्व राख्ने लोकप्रिय नेता पार्टी केन्द्रिय सदस्य अमृत अर्यालको समुहबाट रमेश जंग रायमाझी र दिलिप गच्छदारको नाम चर्चामा आएको छ । यी दुई मध्ये एकलाई सभापतिको उम्मेद्वार बनाएने एक काङ्ग्रेस सुत्रले बताएको छ । रायमाझी राष्ट्रिय सभाका सांसद हुन । गच्छदार पुर्व राज्य मन्त्री हुन । गच्छदारले सुकुम्बासी आयोगमा रहेर काम गर्दा धेरैलाई खुशी परेका थिए ।

यो समुहबाट सचिवमा शिव प्रशाद ढकालको उम्मेद्वार रहने देखिएको छ । ढकाल सुन्दरहरैचा नगरपालिकाको नगरप्रमुख हुन । नगरप्रमुख भए सगै उनी मोरङ जिल्ला भरी कै एक बिकास प्रेमी र बिकासको योजना सहितको भिजन बोकेका एक लोकप्रिया जनप्रतिनिधीमा पर्दछन । उनी मोरङ जिल्ला भरिको मात्रा नभएर अन्य जिल्लाको भन्दा लोकप्रिय जनप्रतिनिधिमा पर्दछन । उनी हाल नेका मोरङको सहसचिव पनि हुन । रायमाझी क्रान्तिकारी र कुशल संगठक मानिन्छन । गच्छदार यस अघि पनि पार्टी सभापति भईसकेका छन । उनी पार्टी भित्र भद्र र सालीन नेताका रुपमा चिनिन्छन । रायमाझी, गच्छदार र ढकाल कार्यकर्ता माझ लोकप्रिय छन । रायमाझी र गच्छदार पैसाको बलमा नेता भहेका हैनन, पैसाले क्षणिक भरमा कार्यकर्तालाई प्रभावित पार्न सकिएला तर मोरङ काङ्ग्रेसलाई सही ट्र्याकमा लाने हो भने कुशल संगठकलाई नै जिम्मेवारी दिनुपर्छ , नेका काङ्ग्रेस मोरङका एक नेताले भने । नेका मोरङ भित्र अर्याल बलियो मानिन्छन । अर्याललाई एक्लाएर कुनै समुहले नतिजा आफ्नो पक्षमा पार्न सक्दैन । उनी तीन कार्यकाल मोरङका सभापति भईसकेका हुन र कुन टोलमा कुन कार्यकर्ता छन अर्याललाई पूर्ण जानकारी छ । हाल अर्याल नेका केन्द्रिय सदस्य छन ।

अर्यालले सहयोग गरेकै कारण गएको अधिवेशनमा डिगबहादुर लिम्बु विजयी भएका थिए । लिम्बुले शेर बहादुर देउवाको साथ छाडेका छन भने अर्याल देउवाको कितामा पुगेका छन । अर्यालको लाइनलाई धेरै युवाहरुले पछ्याएका छन । लिम्बुको कार्यकालमा पार्टी अपेक्षक्रित अघी बढ्न सकेन । लिम्बुले पैसा र गुटको वरीपरी घुमेर पार्टीलाई नै निष्कृय बनाएको आरोप छ । उनी अहिले कार्यकर्ता माझ आलोचित बन्दै कुदिरहेका छन । लिम्बुको कार्यकालमा पार्टी र उनका भातृ सस्थाहरुमा सर्वाधिक अनुशासनहिनता देखिएको छ । मोरङ काङ्ग्रेस भित्र अर्याल समुह जसरी एक छ अन्य समुह छिन्नभिन्न अवस्थामा छन । एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने अवस्थामा छन । त्यसैले यस पटक नयाँ खाल्को समिकरण आउन सक्ने देखिन्छ ।

अर्याल र उनको समुह एक वर्ष देखी नै कार्यकर्ता माझ सक्रीय छ । अर्याल समुहमा युवाहरुले समुह बनाएर नै मोरङमा कार्यकर्ता माझ सक्रीय छन । अर्याल समुहमा अधिकाश युवा पक्तीको सक्रीयता बढी रहेको छ । अर्यालले कांग्रेसमा आएका फोरम लोकतान्त्रीक र राप्रपा सुनिल कुमार थापा पक्षका कार्यकर्तालाई पनि आफ्नो पक्षमा परेका छन । रायमाझी र गच्छदारको अगाडि अन्य उम्मेद्वार फिक्का हुनेछन फोरम लोकतान्त्रीकबाट आएका एक युवा नेताले भने । विभिन्न गुटमा विभाजित भएको बेला अर्याल पक्षको पल्ला भारी देखिएको छ ।

याे खबर आजको न्यु सृस्‍टि दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: २०२१-०४-२५ , समय : १४:२३:०६ , ३ वर्ष अगाडि