एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्ने

Enepal Patra Pvt. Ltd. , ७२०  पटक हेरिएको

काठमाडौं, वैशाख १० गते । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक बालुवाटारमा बस्ने एमाले नेता राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भइसकेको अवस्थामा अब बस्ने बैठकमा वरिष्ठ नेता नेपाल पषका नेताहरु पनि आउनुहुने विश्वस व्यक्त गर्नुभयो ।

अध्यक्ष ओली र नेता नेपालबीचमा सकारात्मक भेटवार्ता चलिरहेको छ, पार्टीको बैठकमा उहाँहरु आउनसक्नुहुनेछ, – गौतम बताउँनुहुन्छ । वरिष्ठ नेता नेपाल पक्षका नेताहरु बैठकमा उपस्थित भई सबै असन्ुतष्टी पोख्न पनि उहाँले आग्रह गर्नुभएको छ । बैठक ११ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति: २०२१-०४-२३ , समय : ११:१०:३३ , ३ वर्ष अगाडि