सुन्दरहरैचा , ३ बैशाख । मोरङको सुन्दरहरैचामा नेकपा एमालेका नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । एमालेको वडा नं ९ शाखा कमिटि अध्यक्ष चन्द्र ढकाल काँग्रेसमा प्रवेश गरेका हुन ।

शुक्रबार काँग्रेस सुन्दरहरैचा नगरकार्य समितिको कार्यलय बिराटचौकमा भएको पार्टी प्रवेश कार्यक्रममा उनी काँग्रेस प्रवेश गरेका हुन । वडा सभापति त्रिलोचन सुवेदीको अध्यक्षता महासमिति सदस्य वसन्त भटराईको प्रमुख आतिथ्यता, महासमिति सदस्य सुनिल शर्मा , ललित श्रेष्ठ लगायतको उपस्थितिमा भएको कार्यक्रममा ढकाल काँग्रेस प्रवेश गरेको महासमिति सदस्य ललित श्रेष्ठले जानकारी दिए ।

पछिल्लो एक बर्ष यता सुन्दरहरैचामा नेकपा एमाले र माओवादी गरेर पाँच हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरिसकेका छन । सुन्दरहरैचा नेकपा एमालेको गढ मानिए पनि पछिल्लो समय एक पछि अर्काे गर्दै नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर चलेपछि नेकपा एमालेमा संगठनिक रुपमै कमजोर बन्दै गएको छ । नगर भित्रका अधिकांस संघसंस्थाहरुमा नेपाली काँग्रेसले नेतृत्व गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.