उर्लाबारी–मधुमल्ला सडक अवरोध

रबिन श्रेष्ठ , ४३८  पटक हेरिएको

उर्लाबारी, ३ बैशाख ।  मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडकको निर्माण कार्य अलपत्र बनेपछि स्थानीयबासीले दोस्रो दिन आज पनि सडक अवरोध गरेका छन् ।
सडक कालोपत्रे निर्माण कार्य सुरु भएको करिब ९ बर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । सडक कालोपत्रेको माग राख्दै बिहीबार स्थानीयबासीहरुले उर्लाबारी–५ र ६ मा पर्ने डिबी मार्ग नजिक बासँको ढाट लगाएर सडक अवरोध गरेका छन् । सडक कालोपत्रेको ठेक्का पाएका ठेकेदार बेपत्ता भएपछि सडकको निर्माण कार्य अधुरै रहेका कारण स्थानीयले सास्ती खेप्नु परेको उर्लाबारी नगरपालिका वडा नं. ५ की सदस्य देवीकला राईले जानकारी दिनुभयो ।
२०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सडकको दूरवस्थाका कारण आफूहरूले दुर्घटना र धूलोको सास्ती पाएको स्थानीय कमल गुरुङले जानकारी दिनुभयो । पटक पटक सडक कालोपत्रेका लागि आन्दोलन गर्दै आएको भएपनि सम्बन्धित निकाय मौन रहेको उहाँको भनाई छ । ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय, विराटनगरले ठेक्का लगाएको उक्त सडक अहिले प्रदेश सरकारको मातहत छ । २०७७ भदौमा मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाको बिषेश पहल तथा स्थानीय सरकार र स्थानीयवासी निरन्तरको पहलमा भगनवसेस अवस्थामा रहेको सडको निर्माण कार्य सुरु भएको थियो । ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेकाले अब सो अधुरो रहेको काम प्रेरा कन्ट्रक्सनले गर्ने सो बेला प्रेरा कन्ट्रक्सनका प्रतिनिधी भुपाल राईले बताएका थिए । तर, केही दिन काम गरेर प्रेरा कन्ट्रक्सनले पनि सडक अलपत्र पारेर छोडेको थियो

प्रकाशित मिति: २०२१-०४-१६ , समय : ११:०४:५० , ३ वर्ष अगाडि