सदन सूचारु गर्न मुख्यमन्त्री विपक्षी दलसंग छलफलमा, तीन महिनामा ६ बैठक

Enepal Patra Pvt. Ltd. , ३४५  पटक हेरिएको

विराटनगर, ३० चैत। तत्कालीन नेकपा भित्रको किचलोका कारण १ नं प्रदेशको प्रदेश सभा बैठक जम्मा ६ पटकमात्र बस्यो । पछिल्ला बैठक विपक्षी दलले अवरोध गरेका कारण नियमित चल्न सकेको छैन । सोमबार पनि बैठक अवरुद्ध गर्ने विपक्षी दलले जनाउ दिएपछि मुख्यमन्त्री शेरधन राईले आफ्नै कार्यालयमा सर्वदलीय बैठक राखेका छन् ।
गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन सुरु भएको थियो । तर नेकपा विवाद अनि सरकार ढाल्ने र गिराउने खेलमा प्रदेश सभा प्रभावित बन्न पुग्यो । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री शेरधन राईले छलफल गर्न भनेर विपक्षी दललाई डाकेको बताए । आइतबार सभामुख प्रदीप कुमार भण्डारीले बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री राई अनुपस्थित थिए ।
चालु आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र वहुवर्षे विकास आयोजनाको काम अघि बढाउन विपक्षीले माग गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२१-०४-१२ , समय : १४:१३:३० , ३ वर्ष अगाडि