माओवादीका चार सांसद बर्खास्त

Enepal Patra Pvt. Ltd. , २७६  पटक हेरिएको

काठमाडौं, ३० चैत। नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ ।

नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो ।

२४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको माओवादीले जनाएको छ । प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् । बर्खास्तीमा परेकामध्ये मण्डल पार्टी एकीकरण हुनुअघि माओवादी संसदीय दलका नेतासमेत थिए ।

प्रकाशित मिति: २०२१-०४-१२ , समय : १२:२६:२१ , ३ वर्ष अगाडि