लेटाङमा बलेरो दुर्घटना, आधा दर्जन घाइते

Enepal Patra Pvt. Ltd. , २९१  पटक हेरिएको

लेटाङ, ३० चैत । मोरङको लेटाङमा यात्रुबहाक बलेरो पिकअप गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ ।
लेटाङ नगरपालिका–७ स्थित भुवाखोलामा आइतबारसाँझ ६ः३० बजेतिर प्र।१–०२–००२ च ४१७३ नम्बरको बलेरो पिकअप दुर्घटनामा परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिए । उनका अनुसार यात्रु लिएर लेटाङबाट वाराङ्गीतर्फ जाँदै गरेको गाडी बालुवामा चिप्लिएर ढुंगामा ठोक्किएपछि दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलमा उकालो र कच्ची सडक छ । दुर्घटनामा परेर लेटाङ –७ की ६३ वर्षीया बुद्धमाया राई, ५३ वर्षीय कुसुमलाल राई, ५२ वर्षीय इन्द्रबहादुर राई, ४१ वर्षीय मानवीर लिम्बू, ४८ वर्षीय रत्नप्रसाद लिम्बू र १७ वर्षीया सरु लिम्बू घाइते भएका छन् । घाइतेमध्ये बुद्धमायाको अवस्था गम्भीर छ ।
घाइतेहरुको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताए । उनका अनुसार दुर्घटना लगत्तै चालक लेटाङ –७ का २८ वर्षीय सपन लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति: २०२१-०४-१२ , समय : १२:१७:५३ , ३ वर्ष अगाडि