जग्गादातालाई सम्मान

Enepal Patra Pvt. Ltd. , ४९१  पटक हेरिएको

गुवाबारी, २८ चैत । लेटाङ नगरपालिका वडा नं. ६ स्तिथ पब्लिक प्राविले जग्गादाताहरुलाई सम्मान गरिएको छ । स्वर्गिय पद्मा देवि न्यौपानेको नाममा रहेको जग्गा उहाँका परिवारले विद्यालयको नाममा प्रदान गरेका हुन । त्यस्तै चेतराज अधिकारीले सो विद्यालयका लागि ५ धुर जग्गा प्रदान गर्नुभएको छ । आज एक कार्यक्रक गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जग्गादाताहरुलाई सम्मान गर्नुभएको छ ।
त्यस्तै गोविन्द–दिलकुमारी चम्लागाँई जेहेन्दार छात्र बृद्धि उहाँका छोराहरु लिला चम्लागाई र सन्तोष चम्लागाई द्धारा स्थापना गरिदिनुभएको छ । २५ हजार बरावरको उक्त छात्रबृद्धि विद्यालयका जेहेन्दार छात्रछात्रको लागि हस्तान्तरण गर्न भन्दै विद्यालयका अध्यक्ष गोपाल नेपालीलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति: २०२१-०४-१० , समय : १५:३९:२३ , ४ वर्ष अगाडि