मोरङमा माधव नेपाल पक्षले बनायो एमालेको जिल्ला कमिटी र बिराटनगर कमिटी

Enepal Patra Pvt. Ltd. , ७६६  पटक हेरिएको

बिराटनगर, २८ चैत । ‍ माधव नेपाल पक्षले नेकपा एमालेको समानान्तर मोरङ जिल्ला कमिटी गठन गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले ३ सय २५ सदस्यीय कमिटी घोषणा गरेको हो ।

नवगठित जिल्ला समितिमा एमालेका पुराना नेता चन्द्रविर राईले नेतृत्व गरेका छन् । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा। उद्धव पोखरेल छन्। त्यसैगरी सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राय चयन भएका छन् ।

त्यसैगरी युवा नेता पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्सीय बिराटनगर महानगर कमिटी पनि घोषणा गरिएको छ । महानगर कमिटी उपाध्यक्ष खेम तिम्सिना, सचिव हिरा मिरा दाहाल र उपसचिव योगेशराज भण्डारी चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले केपी शर्मा ओलीले पार्टीलाई विभाजन तर्फ धकेकलेकोले आफूहरुले प्रतिकार गर्नुपरेको बताए ।

प्रकाशित मिति: २०२१-०४-१० , समय : ०६:२३:५७ , ३ वर्ष अगाडि