जलवायु मैत्रि कृषी परियोजनाको परियोजनाका सम्बन्धी अभिमुखिकरण

Enepal Patra Pvt. Ltd. , ४७१  पटक हेरिएको

लेटाङ, १९ चैत । जलवायु मैत्रि कृषी परियोजनाको परियोजनाका सम्बन्धी अभिमुखिकरण गोष्ठी आज सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशलनको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम ग्रामिण महिला विकास केन्द्र लेटाङले सञ्चालन गरिरहेको छ ।

जलवायु प्रदुषणका कारण दिनानुदिन बढिरहेको समस्यालाई न्युनिकरण गर्ने उदेश्यका साथ विशेष पकेट क्षेत्र बनाएर लेटाङको एक भागमा कार्यक्रम गर्ने र वातारणलाई अनुकुल बनाउदै लानु कार्यक्रयमको उदेश्य रहेको बताईएको छ ।

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले यो कार्यक्रमले कृषकको जीवन उकास्न मद्दत गर्नुका साथै वातावरणलाई पनि स्वस्च्छ राख्न मद्त गर्ने भएकाले लेटाङ नगरपालिकाले यसलाई साथ र सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौलाले कृषीको लागि उर्भर भुमि रहेको लेटाङमा यस्ता कार्यक्रमले कृषी कर्म गर्न मद्द गर्ने वताउनुभयो । वातावरण धुमिलिरहेको अवस्थामा रुखविरुवा रोपेर कार्वन उत्सर्जन गर्न सके वातावरण सफा हुने बताउनुभयो ।

संस्थाकी सचिव शान्ति पाख्रिनले सञ्चालन गरेको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०२१-०४-०१ , समय : १७:१८:४८ , ४ वर्ष अगाडि