केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आयो– भीम रावल

Enepal Patra Pvt. Ltd. , ३१६  पटक हेरिएको

काठमाडौं , १० चैत्र । नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ । उहाँले स्पष्टिकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने बताउनुभएको हो । त्यसको जवाफ ओलीले दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईंले प्रतिनिधिसभा विघटन किन गर्नुभयो रु, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो रु, तपाईंले पहिल्यै असमान सन्धि समझौताहरू र एमसीसी जस्ता अनेकौं वितण्डाहरू अगाडि किन सार्नुभयो रु,’

उहाँले थप्नुभयो, ‘तपार्इंले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन रु तपाईंले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो रु जनताको जनादेशलाई तपार्इंले किन विखण्डित गर्नुभयो भनेर तपाईं हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्छ, सोध्नेछन् । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’

उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गर्नुभयो । अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको बताउनुभयो ।

उहाँले भन्नुुभयो, ‘पार्टी विधान विपरित नवौं राष्ट्रिय महाधिवेसनको फैसला विपरित निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईंहरूले अनुशासन मान्नुभएन तपाईंहरू केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईंलाई स्पष्टिकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनैपनि निर्णय हामी मान्दैनौं ।’

प्रकाशित मिति: २०२१-०३-२४ , समय : ११:२४:०४ , ३ वर्ष अगाडि