काठमाडौं, ९ चैत्र। नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेका बेला सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनु भएको हो।

पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा ओलीको विकल्पमा कांग्रेस नेतृत्व सरकार गठनका विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग भइरहेको छलफल र आगामी दिनमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ ।

लोकसेवा आयोगको रिक्त पदाधिकारी नियुक्ति, सदस्यता नविकरण र नयाँ वितरणको अहिलेसम्मको अवस्था, विवादित जिल्लाका विषयमा पनि बैठकले सैद्धान्तिक निर्णय लिनेछ । साथै, बुथ समितिको निर्वाचनका विषयमा विधानमा रहेको विद्यामान व्यवस्थालाई निलम्बन गर्ने विषयमा पनि बैठक कुरा हुनेछ ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पार्टीको महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । सभापति देउवाले पादाधिकारी बैठक बोलाए लगतै नेता रामचन्द्र पौडेलसहित निकट नेताहरुको बैठक उहाँकै निवास बोहोरा टारमा बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.