७० जना नेपाली कांग्रेसमा प्रबेश

Enepal Patra Pvt. Ltd. , १२२९  पटक हेरिएको

साग्मा, ३ चैत । मोरङको लेटाङ नगरपालिका वडा नं. १ का विभिन्न स्थानबाट ७० जना विभिन्न दल त्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
नेपाली कांग्रेसका जिल्ला सभापती डिगबहादुर लिम्बुले प्रबेश गर्नेहरुलाई टीका लगाएर स्वागत गर्नुभयो ।
कांग्रेसको वडा समिती द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनिहरु कांग्रेस प्रबेश गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापती लिम्बुले देशलाई बिकास र समृद्दि नेपाली कांग्रेसले मात्र दिन सक्ने बताउनुभयो । नेता लिम्बुले एमाले माओबादिलाई जनताले दिएको बहुमतको अबहेलना गरेको र आपसी भागबन्डा र खिचातानिले देशलाई बर्बादीतर्फ लगेको आरोप लगाउनुभयो ।
कार्यक्रममा महासमिती सदस्य तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले कम्युनिस्टहरुको वास्तविक चरित्र हाल नेपाली जनताले झलझली देखिरहेको र अब जनता झुक्किन नहुने बताउनुभयो । कम्युनिस्टको नांगो नाचले जनता पिल्सिरहेको बताउदै कांग्रेस मात्र जनताको पार्टी भएको बताउनुभयो ।
कार्यक्रम वडा सभापती तेजबहादुर लिम्बुको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: २०२१-०३-१६ , समय : ०९:४५:४७ , ३ वर्ष अगाडि