बुवा-आमाको स्मृतीमा सभा भवन हस्तान्त्रण

Enepal Patra Pvt. Ltd. , ३७४  पटक हेरिएको

डम्बर सिन्चिउरी
जाँते ,१७ फागुुन ।  स्वर्ग बासी बुवा-आमाको स्मृतीमा छोरा-छोरी द्वारा किराँत राई यायोक्खा प्रारम्भिक कार्य समिति लेटाङ्ग ९ जाँतेलाई आज एक समारोहका विच सभा भवन हस्तान्त्रण गरिएको छ ।
स्थानिय वसन्त हरियाली सामुदायीक वनको कार्यलय पश्चिममा अवस्थित राई जातीको पुजा स्थल साकेला थान परिसरमा निर्मित सभा भवन आज समितिलाई हस्तान्त्रण गरिएको हो ।
उक्त भवन स्थानिय स्व. श्याम बहादुर राई र स्व. लक्ष्मि राईका छोराहरु बिष्णु भक्त र नर भक्त राई एवं छोरीहरु महन कुमारी , कमला र ईन्द्र कुमारी राईले आफ्ना बुवा आमाको स्मृतीमा निर्माण गरीदिएका हुन । आफ्ना स्वर्गीय बुवा आमाको आत्तमको चीर शान्तिको कामना गर्दै ८ लाख बराबरको लागतमा निर्माण गरीएको उक्त एक कोठा सहितको ूश्याम लक्ष्मी स्मृती भवनू को ताला-चाबी किराया समितिका अध्यक्ष सन्त राईलाई आजै हस्तान्त्रण गरिएको छ । उक्त ताला-चाबि निर्माणकर्ताको तर्फ बाट मृतक का कान्छा छोरा नरभक्त राईले समितिलाई हस्तान्त्रण गरेका छन् ।
बुवा श्याम बहादुर राईको २०४८ सालमा नै मृत्यू भएको भए पनि गत २०७६ साल फाल्गुण १७ गते स्वर्गवास हुनु भएकी माताको बार्षिक तिथिको अवसर पारेर आफुहरुले उहाँहरुको स्मृतिमा यो भवन निर्माण गरी समितिलाई हस्तान्त्रण गरेको छोरी महन कुमारी राईले बताएकी छन्।
छोरी महन भन्छिन हामी किराँतहरु प्रकृति पुजक हौं । हामी मृत्यु पश्चात् मृत शरीरलाई जमिनमा दफनाउँछौं । केही समय पछि उक्त ठाउँमा शक्तिले भ्याए सम्म खर्च गरेर सिमन्टेड गर्छौं । यसले एक त वातावरण पनि कुरुप पार्ने साथै यसबाट कसैले पनि स्मरणीय फाईदा नपाउने भएकाले नै हामीले आफ्ना माता पिताको सम्झना पनि हुने, समाजमा केहि सेवा समेत हुने देखेर नै यस्तो कार्य गरेको हो ।
उक्त अवसरमा साढे तीन कोठा बराबरको भवन सँगै रोस्टम र २० थान पलाष्टिकका कुर्सी समेत समितिलाई हस्तान्त्रण गरिएको समितिका सचिव प्रेम राईले बताएका छन् ।
मृतकका सबै परिवार प्रेम वादमा आधारित ूस्वर्गिक मार्गू सम्प्रदायका भएकाले भवन हस्तान्त्रण कार्यक्रमको शुरुआत पनि सोही सम्प्रदायको प्रार्थना सभा बाट शुरु गरिएको थियो ।
प्रार्थना सभा पश्चात् समारोहका प्रमुख अतिथि स्थानिय वडाध्यक्ष कृष्ण लुईटेल द्वारा पानसमा बत्ति बालेर समारोको उद्घाटन गरिएको थियो । उक्त समारोहमा भवनको मुख्य व्यानर प्रमुख अतिथि द्वारा खोलीएको थियो भने शिलालेखलाई विशिष्ट अतिथि स्वर्गिक मार्गका केन्द्रिय उपाध्यक्ष राम प्रसाद चामलिङ्गले खोल्नु भएको थियो ।
समारोहमा विभिन्नहरुले आफ्ना मन्तव्य राखेका थिय । समारोहमा बोल्दै विशिष्ट अतिथिले यो जस्तो पुण्य कर्मको सबैले अनुसरण गर्ने हो भने समाजले छिट्टै बिकासमा फड्को मार्ने बताए । यसै गरी प्रमुख अतिथीले आफ्नो मन्तव्य राख्ने क्रममा दान गर्नु अति ठूलो पुण्य कर्म त हुँदै हो , यसको संरक्षण गर्नु पनि उत्तिकै ठूलो पुण्य हुने भएकोले यस भवनको संरक्षणमा वडाले सत प्रतिसत साथ दिने प्रतिबद्धता जनाएका छन् । साथै समारोहका अध्यक्षता गरीरहेका समिति अध्यक्ष सन्त राईले समा पन मन्तव्यका क्रममा बर्षौं देखि सुरक्षित सभाहलको अभाव टारीदिएको भवन दाताहरुलाई धन्यवाद दिनुका साथै समिती दाता प्रति आभारी भएको बताए । यसरी आगामि दिनमा समितिले साकेला पुजा परिसरमा राई जातीको सामुहिक चुल्हो निर्माण गर्ने योजना समेतको जानकारी गराएकाछन् । मन्तव्यकै क्रममा राईले भवनदातहरुकै तर्फबाट आगामी उँभौली पुजाको अवसर पारी ढोल झ्याम्टा सहित साकेला शिलीमा आवस्यक पर्ने साँस्कृतिक सामाग्री हस्तान्त्रणको कार्यक्रम रहेको समेत जनाएका छन् । यस परिसरमा अहिले सम्म बनेका संरचना यतिको महत्व बोकेको नभएकाले पनि यो अत्यन्तै महत्वपुर्ण रहेको राईले बताएकाछन् ।
कार्यक्रममा उपस्थित अतिथीहरुलाई स्थानिय समाज सेवी एवं भवन दाता परिवार सदस्य राज बहादुर राईले स्वाग गरेका थिए भने समिति सचिव प्रेम राईले संचालन गरेका थिए ।

प्रकाशित मिति: २०२१-०३-०२ , समय : ०८:१७:०७ , ३ वर्ष अगाडि