आवधिक योेजना सम्बन्धी गोष्ठी सम्पन्न

Enepal Patra Pvt. Ltd. , ५४३  पटक हेरिएको

लेटाङ, १० फागुन । लेटाङ नगरपालिकाले आवधिक योजना वनाउने उदेश्य सहित सुरु गरेको एक दिने गोष्ठी सम्पन्न गरेको छ ।

आज राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अमेरिकाका लागि नेपालका पुर्व राजदुत डाक्टर शंकर शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किसोर प्रधानको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकालाई दिगो विकाका लागि आवधिक नगर विकास योजना तर्जुमा गोष्ठी गरिएको लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो ।

गोष्ठिमा आवधिक नगर विकास योजना तर्जुमा प्रक्रिया, लेटाङ नगरपालिकाको विकासका संभावना र चुनौती, लेटाङ नगरपालिकाको विकास र सुशासनको सेवा प्रवाहको अवस्था र चुनौती , विकासको माग र आपुर्ती एवं कार्यक्षमता , लेटाङ नगरपालिकाको विकासमा सार्वजनिक – निजी सझेदारी अवधारणाको संभावना र चुनौतीहरु लगायतका विषयमा छलफल भएको थियो ।

 

पाँचवर्षमा लेटाङलाई आर्थिक ,भौतीक , शिक्षा , स्वास्थ्य ,पर्यटन लगायतका क्षेत्रमा कति विकास गर्ने भनेर बिस्तृत अध्ययन गरि योजना वनाउनका लागि समेत यो कार्यक्रम आयोजना गरिएको योजना अधिकृत भुपेन्द्र खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानिय राजनीति कर्मी , जनप्रतिनीधी , कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२१-०२-२२ , समय : १६:३८:०१ , ३ वर्ष अगाडि