दाहाल–नेपाल समूह :आधिकारीकता दावी गर्न विवरणसहित निर्वाचन आयोग जाँदै

Enepal Patra Pvt. Ltd. , ६६४  पटक हेरिएको

काठमाडौं, ७ फाल्गुन । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।

निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय सदस्यहरुको बहुमत रहेको भन्दै आज आयोग जान लागेको हो ।

त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ। दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले हालसम्म कुनै निर्णय गरेको छैन ।

आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताइसकेको छ । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै आन्दोलित बनेको दाहालनेपाल समूहले चौथो चरणको आन्दोलन गरिरहेको छ ।

यसैबीच निर्वाचन आयोगमा जानु अघि दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

प्रकाशित मिति: २०२१-०२-१९ , समय : १०:५३:०३ , ३ वर्ष अगाडि