मिनिल्याण्ड स्कुलद्वारा बिधार्थिलाई स्वागत

Enepal Patra Pvt. Ltd. , ८३१  पटक हेरिएको

रबिन्द्र बराल
रंगेली , २ फागुन ।मोरङको रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले बिगत बर्ष झै यस बर्ष पनि कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएको ८२ जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । उक्त कार्यक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, अतिथि हरुमा शिक्षा शाख प्रमुख रबिन्द्र पंडित, बडा अध्यक्ष रामचन्द्र मंन्डल, टंक आचार्य , विद्यालयका प्रिन्सीपल विर्कण कार्की, दिपेन्द्र थापा, आतिश पाैडेल, बुद्धिनाथ झा, अबिषेक अधिकारी लगायत काे उपस्थिति समेत रहेको थियो । साे बिधालय ले बिगत बर्ष देखि ११ कक्षा काे पठनपाठन सुरु गरेपछि यस क्षेत्र का छात्र, छात्रा हरु ले भने बिराटनगर सम्म गएर उच्च शिक्षा का लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकाे मा आफू हरु खुशी भएको प्रियंका शर्माले बताईन । रंगेलीमै कक्षा ११ र १२ काे पठनपाठन गरि गुणस्तीय शिक्षा प्रदान गर्न बिधालय ले अबसर प्राप्त गरेकाे र आभिभावक हरु काे सहयोग र साथ उतिकै आबस्यक रहेकाे र आगामी दिन हरुमा बिज्ञान तथा अन्य संकायका विषयहरु समेत थपिदै लैजाने जाने बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए । सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा विधार्थीहरुले विभिन्न गित हरुमा आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर अतिथि हरुलाई मनाेरज्न समेत गराएका थिए ।

प्रकाशित मिति: २०२१-०२-१४ , समय : ०२:३०:१४ , ३ वर्ष अगाडि