गैसस महासंघको पालिका संयोजक तोकियो

५ सदस्यीय सल्लाहकार चयन

Enepal Patra Pvt. Ltd. , १०९६  पटक हेरिएको

विराटनगर , १ फागुन । गैर सरकारी संस्था महासंघ मोरङले मोरङका सबै १७ पालिकामा आफ्ना गतिविधिलाई तीव्रता पार्ने भएको छ ।

सोका लागि ८ जनालाई पालिकास्तरीय समिति गठन गर्नका लागि आठ जनालाई संयोजक तोकिएको गैसस मोरङका अध्यक्ष राजेन्द्र ढकालले बताए ।

विराटनगर महानगरपालिका बाहेकका प्रत्येक २ पालिका एक जनाका दरले संयोजक तोकिएको अध्यक्ष ढकालले बताए ।

संयोजक तोकिएकामा मानबहादुर राई, प्रशान्त निरौला, नविन लिम्बू, प्रतीक्ष बस्नेत, सरिता दुलाल, सरस्वती कार्की, उषा झा र नवराज निरौला छन् । स्थानीय समितिले गैससको प्रतिनिधि भै पालिकासँग समन्वय गर्ने जनाइएको छ ।

गैसस मोरङको अध्यक्ष ढकाल रहेको नवगठित समितिले पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकार समितिमा मणि अर्ज्याल, भूवनेश्वर विराट राजवंशी, त्रिलोक न्यौपाने, कृष्णहरि घिमिरे र उषा साह छन् ।

प्रकाशित मिति: २०२१-०२-१३ , समय : २०:०६:५९ , ३ वर्ष अगाडि