प्रदेश १ सरकारद्वारा १४ वटै जिल्लामा पिपिआर खोप लगाउन सुरु

Enepal Patra Pvt. Ltd. , ८७१  पटक हेरिएको

लेटाङ, २६ माघ । प्रदेश १ सरकारले १४ वटै जिल्लामा पिपिआर खोप लगाउन सुरु गरेको छ । बाख्रा तथा भेडाहरुलाई लाग्ने संक्रामक रोगका विरुद्ध निशुल्क रुपमा खोप सेवा आजवाट उद्घाटन भएको हो ।
मोरङ जिल्लाको लेटाङ नगरपालिकामा आज भुमि ब्यवस्था ,कृषी तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले लेटाङ नगरपालिका वडा नं २ मा रहेको प्रगतिशिल बाख्रापालक कृषक समुहका वाख्राहरुलाई भ्याक्सिन लगाएर मन्त्री मगरले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
प्रदेश सरकारले आफ्ना प्रदेशका बाख्रापालक किसानलाई सहजताका लागि यो कार्यक्रम आज वाट सुभारम्भ गरेको हो ।
पशुपक्षीलाई रोग लाग्ने र रोगको उपचार गर्नुपर्नेभएकाले निशुल्क रुपमा खोप प्रदेशका १४ वटै जिल्लामा आजै देखि सुरुवात गरिएको राज्यमन्त्री मगरले वताउनुभयो । पशुहरुलाई स्वस्थ्य रुपमा उत्पादन गरेर बढी उत्पादन गरि नाफा गर्नु यस कार्यक्रमको उदेश्य रहेको राज्यमन्त्री मगरले जनाउभयो ।
चुरे क्षेत्र खास गरि सुनसरी , मोरङ , झापा ईलाम जस्ता क्षेत्रहरु वाख्रापालन ब्यवसाय उपयुक्त भएकाले यसलाई महत्व दिनुपर्ने वताउनुयो । नेपालमा पुराना खरी जातीका वाख्राहरु प्रचलनमा आएता पनि उत्पादनमा बढोत्तरी नभएकाले यसको लागि वोयर जातीमा सरकारले लगानी गरिरहेको वताउनुभयो ।
कार्यक्रम वडा नं‍. १ का वडा अध्यक्ष विष्णुकुमार मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२१-०२-०८ , समय : १४:३२:२२ , ३ वर्ष अगाडि