पथरी,२२ माघ  । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले तेश्रो अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गरिवी न्यूनीकरणमा सहकारीको भूमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरभरिका १० वटा विद्यालयका छात्र छात्राले सहभागिता जनाएका थिए ।
हरियाली सामूदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको प्रतियोगितामा श्री चन्द्र किरातेश्वर मा.वि., पथरी शनिश्चरे–७ का छात्रा सन्ध्या खड्का प्रथम, पेगोडा मोडल ईङ्लिस स्कुल, पथरी शनिश्चरे–३ का छात्रा रोशिका ढकाल द्वितीय, वाल नमूना विद्या मन्दिर, पथरी शनिश्चरे–१० का छात्रा सिम्रन ढकाल तृतीय र न्यू पेगोडा ईङ्लिस बोर्डिङ स्कुल, पथरी शनिश्चरे–१ का छात्र युगलकिशोर अधिकारी सान्तवना भएका हुन् ।
प्रतियोगितामा विजयी हुने छात्र छात्रालाई २०७७ माघ २५ गते पथरी शनिश्चरे न.पा. वडा नं. ४, ५, ६ र ७ को संगमस्थल कीर्तिपुर बजारमा हुने १८ स्थापना दिवस समारोहको अवसरमा पुरस्कृत गरिनेछ । विजयीहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई पुरस्कार स्वरूप क्रमश ः रू.३,५००।–, रू.२,५००।–, रू.१,५००।–, रू.५००।– र प्रमाण पत्र प्रदान गरिनेछ भने विद्यालयहरुलाई पनि प्रमाण पत्र प्रदान गरिनेछ ।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सहकारीको विषयमा अध्ययन गर्ने बानीको विकासमार्फत सहकारी अभियानमा योग्य जनशक्ति उत्पादन होस् भन्ने अभिप्रायले संस्थाले आफ्नो स्थापना दिवसको सन्दर्भमा २०७५ सालदेखि हरेक बर्षको माघ २२ गते पथरी शनिश्चरे नगरपालिका भरिका १० कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरि वक्तृत्वकला प्रतियोगिता गर्दै आईरहेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका सञ्चालक डि.वि.थापा र संस्थाकै सल्लाहकार हर्कबहादुर राईले निर्णयको मूल्याङ्कन गर्नु भएको वक्तृत्वकला प्रतियोगितामा संस्थाको अध्यक्ष धनराज राईले अध्यक्षता, सचिव महेन्द्र ढुंगानाले सञ्चालन र व्यवस्थापक गणेशकुमार राईले स्वागत भनाई रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.