विदेश वाट आएका युवालाई उध्यमी वनाउन सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , ४९७  पटक हेरिएको

लेटाङ, १४ माघ । विदेश वाट फर्किएका युवाहरुलाई नेपालमै स्वरोजगार वनाउने उदेश्य सहित सुरु भएको कार्यक्रम अन्तर्गत आज लेटाङ नगरपालिकाका ११ जना युवाहरुलाई आज कृर्षी सामाग्री वितरण गरिएको छ ।
च्याउ खेती, कुरीलो खेती , टमाटार खेती र मौरीपालिन ब्यवसायमा लाग्न चाहाने युवाहरुलाई आज विषय अनुसारका सामाग्री वितरण गरिएको हो ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले ११ जना युवाहरुलाई कृषी सामाग्री वितरण गर्नुभएको हो । सो अवशरमा वोल्दै नगरप्रमुख राईले बाध्यताले विदेशिएको युवाहरुलाई स्वरोजगारा वनाउने उदेश्यले यो कार्यक्रम ल्याईएको वताउनुभयो । पहिलो चरणमा ११ जना युवाहरुलाई कृर्षी सामाग्री वितरण गरिएको र अवका योजनामा नीति नै वनाएर युवाहरुलाई उद्यमी वनाउने योजना रहेको वताउनुभयो । विभिन्न क्षेत्रमा काम गर्न चहाने युवाहरुलाई नगरपालिकाले नीतिनै वनाएर योजना ल्याउन लागेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, कृषी शाखाका प्रमुख करण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०२१-०१-२७ , समय : १५:४७:५६ , ३ वर्ष अगाडि