संसदीय ब्यवस्था पूर्ण रुपमा असफल भइसक्यो : बैध्य

Enepal Patra Pvt. Ltd. , ५७९  पटक हेरिएको

बेलबारी(मोरङ),२ माघ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले मुलुकको वर्तमान राजनीतिक अन्यौल मध्यावधि निर्वाचन वा संसद पुनस्र्थापनाले टार्न नसक्ने बताउनु भएको छ ।
मोरङको बेलबारीमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव किरणले संसदीय ब्यवस्था पूर्ण रुपमा असफल भइसकेको उल्लेख गर्नुभयो । संसदीय ब्यवस्था ,वर्तमान संविधान र शासन प्रणाली असफल भएकै कारण वर्तमान राजनीतिक सङ्कट आएको बताउँदै उहाँले संसदीय ब्यवस्था बिग्रिएपछि फाँसीवाद स्थापना हुने धारणा राख्नुभयो । मुलुक फाँसीवाद उन्मुख रहेको आरोप लगाउँदै नेता किरणले भन्नुभयो – संसदीय ब्यवस्थाको भ¥याङ प्रयोग गरेर सत्तामा पुग्नेहरू असली कम्युनिष्ट हुन सक्दैनन् । नयाँ जनवादी जन गणतन्त्र स्थापना नभएसम्म गरीव, विपन्न र मजदुरहरूको हित हुन नसक्ने उहाँको भनाई थियो । सडकमा राजा आउँ देश बचाउँको नारा लाग्न थालेको संस्मरण गर्दै उहाँले उनीहरूलाई नारा लगाउने अधिकार भए पनि राजा आएर पनि कुनै परिवर्तन हुन नसक्ने ठोकुवा गर्नुभयो । राजा वा संसदीय ब्यवस्था वा पञ्चायत कुनै ब्यवस्थाले पनि वर्तमान सङ्कटलाई पार लगाउन सक्दैन ।
महासचिव किरणले मध्यावधि निर्वाचन र संसद पुनस्र्थापना नभए देशमा संकटकाल लाग्न सक्ने वा अरु नै खतरनाक ब्यवस्था आउन सक्ने सङ्केत गर्नुभयो । चुनाव भए क्रान्तिकारी माओवादी सहभागि हुन्छ कि हुन्न भन्ने जिज्ञाषामा उहाँले संसदीय निर्वाचनलाई आवश्यकता अनुसार उपयोग वा बहिस्कार गर्ने बताउनु भयो । उहाँका भनाई थियो –तत्काल निर्णय गर्छौं ।
झापा आन्दोलन र १० वर्षे जनयुद्ध संसदीय ब्यवस्था मान्नका लागि नभएको बताउँदै अब सङ्घीय जनगणतन्त्र प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने उहाँले बताउनु भयो । संसदीय ब्यवस्थाले थे्रसहोल्ड लगाएर साना पार्टीको अस्तित्व अस्वीकारेले संसदीय ब्यवस्था फाँसीवादी तिर गएको उहाँले उल्लेख गर्नुभयो ।
सुरुमा शान्तिपूर्ण आन्दोदन र त्यसको सुनुवाई नभए बल प्रयोग गरेर भएपनि नयाँ जनवादी राज्य ब्यवस्था स्थापना गर्नु अन्तिम बिकल्प भएको उहाँको ठहर छ । कम्युनिष्टहरूले बल प्रयोग गरेरै नयाँ जनवादी राज्य सत्ता प्राप्त गर्ने जिकीर गर्दै उहाँले त्यो अन्तिम विकल्प भएको बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०१-१६ , समय : १६:२०:१७ , ३ वर्ष अगाडि