प्रधानमन्त्रीका सल्लाहकार भट्टराई राति सुटुक्क चिनियाँ दूतावासमा

किन लाग्छ प्रधानमन्त्रीका सल्लाहकारमाथि सूचना बेचेको आरोप ?

Enepal Patra Pvt. Ltd. , ५८२  पटक हेरिएको

काठमाडौं २३ पुस ।  । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईमाथि चिनियाँहरूलाई सूचना बेचेको आरोप फेरि लागेको छ । यसअघि भट्टराईमाथि आफ्नो पत्नीको नाममा संस्था खडा गरेर मित्रराष्ट्रविरुद्ध ‘जासुसी गरेको’ तथा ‘आर्थिक लाभ’ लिएको गम्भीर आरोप लागेको थियो ।

गत पुस १२ गते आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली नेपाल आएको थियो । उनीहरू नेपाल आएकै दिन सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेट भएको थियो । भट्टराई चिनियाँ टोली आएकै दिन सुटुक्क राति १० बजे चिनियाँ दूतावास प्रवेश गरेको बुझिएको छ । उनले भारतीयको सूचना नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीलाई दिएको दाबी गरिएको छ ।

यसअघि बेलायती दातृनिकाय डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट डिएफआईडीमार्फत करोडौंको विदेशी सहयोग लिएर नेपालको सुरक्षासम्बन्धी नीतिमा चलखेल गर्ने एनजीओहरूमा पूर्वसांसद तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईको संस्था अग्रणी रहेको सार्वजनिक भएको थियो । भट्टराई अध्यक्ष रहेको नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) ले डिएफआईडीमार्फत विदेशी सहयोग लिएर सुरक्षासम्बद्ध नीतिमा चलखेल गर्ने गरेको पत्रकार सरोजराज अधिकारीद्वारा लिखित पुस्तकमा उल्लेख छ ।

भट्टराई अहिले प्रचण्ड–नेपाल क्याम्पबाट नेकपाकै अध्यक्ष केपी ओलीको क्याम्पमा आएका छन् । यसअघि भट्टराई ०६६ जेठ ११ मा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार बनेका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा उनलाई तत्कालीन एमालेले समानुपातिक कोटाबाट सभासद् मनोनीत गरेको थियो ।

प्रकाशित मिति: २०२१-०१-०७ , समय : १३:३६:३३ , ३ वर्ष अगाडि