पाँचथर काठमान्डौ सम्पर्क समितिको शुभकामना आदनप्रदान

Enepal Patra Pvt. Ltd. , १०१९  पटक हेरिएको

काठमान्डौ २२ बैशाख । नेपाल विद्यार्थी संघ पाँचथर काठमान्डौ सम्पर्क समितिले २०७६ को भित्तेपात्रो विमोचन सहित शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।

आज त्रिचन्द्र क्याम्पस काठमान्डौमा आयोजना भएको कार्यक्रममा नयाँ वर्ष २०७६ सालको शुभकामना आदनप्रदान समेत गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे प्रमुख अतिथि रहनुभएको कार्यक्रममा माननीय महेन्द्रकुमारी लिम्बु विशिष्ठ अतिथि रहनुभएको थियो । समितिका सभापति नरेश मेयोहाङको सभापतित्वमा भएको कार्यक्रम संस्थाका सचिव मौसम ढकालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेबि संघ निवर्तमान उपाध्यक्ष बिकास केसि ,नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष राजिब ढुंगाना , नेवि संघका निर्वतमान केन्द्रीय सदस्य सुन्दर खेवाङ  पाचथर ने.बि.संघ सभापति तुलसी आचार्य सहित पाचथर जिल्ला र ने.बि.संघ केन्द्रिय नेताहरु लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: २०१९-०५-०६ , समय : १४:३३:४७ , ५ वर्ष अगाडि