साकेलाथानलाई १ लाख सहयोग

Enepal Patra Pvt. Ltd. , ७९८  पटक हेरिएको

प्रशान्त निरौला

लेटाङ ६ बैशाख २०७६ । लेटाङ नगरपालिका वडा नं. ९ स्थित किँरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लेटाङले साकेला खेल मैदान परिसरमा निर्माण गरिरहेको विश्रामस्थल तथा सार्वजनिक सौचालयका लागि लेटाङ नगरपालिका वडा नं. ८ निवासी राज ओभरसिजका प्रोपाईटर पूर्ण राईले नगद १ लाख सहयोग गर्नुभएको छ ।

 

आज दाता राईका काकाले प्रतिनिधित्व गर्दै पठाएको उक्त रकम राजवहादुर राईले निर्माण समितिका अध्यक्ष कमल राईलाई हस्तान्तरण गर्नुभयो । कमल राईले निर्माण समितिको नेतृत्व गरेपछि सो ठाँउको मुहार फेरिन लागेको स्थानिय वताउछन् । निर्माण समितिका अध्यक्ष राईको सक्रियतामा साकेला खेल मैदानमा निर्माण हुँदै गरेका विश्राम स्थल तथा सौचालयमा सहयागी हातहरु पनि क्रमिक रुपमा आईरहेको छन् ।

पछिल्लो समय लेटाङ नगरपालिका ८ का पूर्ण राईले १ लाख सहयोग गरेपछि निर्माण कार्यले अझ तिब्रता पाउने अध्यक्ष कमल राईले जानकारी दिनुभयो ।  विश्रामस्थल निर्मार्णका लागि लेटाङ नगरपालिकाले १ लाख २० हजार , वडा कार्यलय वाट ५० हजार , सदाबहार सामुदायि वनले १ लाख रुपैया सहयोग गरेको र करिव ७ लाखको काम भईसकेको र अव करिव ३ लाख ५० हजार रकमले पहिलो योजनाका कामहरु सम्पन्न भईसक्ने निर्माण समितिका अध्यक्ष कमल राईले जानकारी दिनुभयो । पछाडिएको उक्त क्षेत्रलाई आफुले नेतृत्व गरेर विकसित खालको नयाँ संरचना निर्माण गर्ने क्रममा रहेको बताउदै सहयोगी मनहरुलाई सहयोग गरिदिन आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति: २०१९-०४-२२ , समय : १५:४५:४४ , ५ वर्ष अगाडि