ओली सरकारविरुद्ध शसक्त प्रदर्शन गर्न तरुण दलको निर्देशन

Enepal Patra Pvt. Ltd. , ३८०  पटक हेरिएको

काठमाडौं २० पुष । नेपाल तरुण दलले ओली सरकार विरुद्ध माउ पार्टीले राखेको विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन मातहतका संगठनलाई दिर्नेशन दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका लागि सबै ७७ वटै जिल्लालाई निर्देशन दिएको हो ।

अध्यक्ष जितजंग बस्नेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न निर्देशन गर्दछ ।’

कांग्रेसले पुस २५ गते शनिबार ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ। त्यस्तै माघ ३ गते शनिबार ७५३ वटै पालिकाहरुमा र माघ ८ गते बिहीबार ७५३ पालिकाहरुका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति: २०२१-०१-०४ , समय : १२:१८:०० , ३ वर्ष अगाडि