मोरङको पथरी-उर्लाबारी सडक खण्डमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , ५९३  पटक हेरिएको

पथरी : मोरङको पथरी उर्लाबारी सडक खण्डमा सोमबार सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे-२ को पूर्वपश्चिम सडकमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च १९४५ नम्बरको स्कारपियोले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ मिक्लाजुङ-४ का सन्तोष लिम्बुको घटनास्थलमा र सोही ठाउका सुनिल बिकको उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल पेट्रोल लिक भई आगो लागेकाले मोटरसाइकलको पहिचान नभएको प्रहरीले जनाएको छ ।

स्कारपियोका चालक दमकका लक्ष्मी कुमार धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२०-१२-२८ , समय : २२:३६:१९ , ३ वर्ष अगाडि