काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ । अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका अध्यक्षतामा  बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रकाश पार्न देशभर औपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको बैठकले केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रम पुस महिनाभित्र ७७ जिल्लामा सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डे जानकारी दिनुभयो । पार्टीले यही पुस १७ गते काठमाडौँमा भेला पनि डाकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.