प्रसङ्ग प्रहरी डिआईजी बढुवा: क्षमता र इमान्दार खोज्ने की चिनामात्र पल्टाउने !

Enepal Patra Pvt. Ltd. , ४१९  पटक हेरिएको

काठमाडौं । यतिबेला गाँउदेखि शहरसम्म राजनितिक समिकरणको पल्लाभारी कता पल्टिने हो भन्ने खबर छाएको छ ।

जनजनमा अब के होला ? कौतुहल्ता चुलिएको छ ।

जसको प्रभाव मुलुकको शान्ती सुरक्षा जिम्मा लिएको प्रारम्भिक न्यायलयका रुपमा चित्रण गरिएको नेपाल प्रहरीमा समेत परेको छ ।

नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवाको तयारी तिब्ररुपमा अघि बढि सकेको स्रोतले जनाएको छ ।

बढुवा प्रक्रिया यहि पुस भित्र टुंग्याउन हेडक्वाटर नक्साल र गृह मन्त्रालयले सुर कसिसकेको स्रोतले जनाएको छ । एकाएक राजनितिक खटपट मच्चिए पछि उक्त फाइल रोकियो थियो । बढुवा लामो समय रोक्न नमिल्ने भन्दै पुन: बढुवा प्रकिया अघि बढेको हो ।

त्यसो त,गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कोरोना पोजेटिभ देखिएकाले पनि बढुवामा थप अन्योल बढाएको हो ।

सरकारले गरेको प्रतिनिधिशभा विघटनले मुखमै रहेको एसपी सरुवा सहित रिक्त ९डीआईजी दरबन्दीको बढुवा प्रक्रिया समेत छाया प्रभाव राम्रैसँग परेको छ ।

गृह मन्त्रालयले डीआईजी दरबन्दीको लेखाजोखा अघि सारे लगत्तै राजनितिक उथलपुथल भयो । सत्ताधारी दल नेकपामा आएको भुकम्पले प्रहरीको बढुवा र सरुवामा समेत प्रभाव पार्यो । हेडक्वाटर नक्सालमा यस्तै विषयको बहस,छलफल,चर्चा,परिचर्चाले स्थान पाएको छ ।

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई एक प्रश्न टट्कारो उपमा उठेको छ । अब हुने डिआइजी बढुवामा भ्रष्ट र असक्षम प्रहरी अधिकारी च्याप्ने की ? कार्यसम्पादन,मुल्यांकन हेरि क्षमतावान ब्यावसाहिक अधिकारीलाई उचित जिम्मेवारी दिने ?

प्रहरी अधिकारीको बढुवालाई ब्यावसाहिकता र कार्यक्षमताको सर्त गराउने की चिना पल्टाएर कुण्डलीलाई मध्यनजर गर्ने ? सरकार नेतृत्वमा रहेकाहरुले बिचार पुर्याउनु पर्ने एक प्रहरी अधिकारीले न्यूज अभियान प्रतिनिधिसँगको कुराकानीका क्रममा बताए ।

नेपाल प्रहरीमा विश्वराज पोखरेल एआईजीमा बढुवा भएपछि रिक्त डिआईजी पदको संख्या ९ पुगेको छ । उक्त ९ डीआईजी दरबन्दीका लागि २५ भन्दा बढि एसएसपीहरु शक्ती केन्द्रमा ढोका घच्घच्याउन पुगिरहेको स्रोतले जनाएको छ । पछिल्ला ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बीच चर्को प्रतिस्पर्धा चलिरहेकाले आईजीपी थापाका ब्याच मेटहरु कतै चिप्लिने त होइन ? तनाबमा परेकाछन् ।

प्रतिस्पर्धामा उत्रिएका पछिल्लो ब्याजका एसएसपीहरुले स्वच्छ तवरबाट कामको मुल्यांकन गर्न , क्षमतामा ध्यान दिन र नेतृत्व विकासमा समेत ख्याल राख्न सम्बन्धितहरुलाई पटक पटक आग्रह समेत गरेकाछन् । त्यसो त प्रतिस्पर्धीहरुले शक्ती केन्द्रमा एकले अर्कोलाई खुइल्याउने प्रवृती समेत प्रर्दशन गरिरहेको खबर प्राप्त भएको छ ।

डीआईजी पद पन्जामा पार्न कस्सिनेहरुको बिगत पनि उत्तिकै डरलाग्दो र अनुसाशनहिन भएकाले तीन ब्याचहरु मध्येको कान्छो ब्याच पनि बढुवा रस्साकस्सीको मैदानमा कम्मर दह्रो बनाएर भिडेको प्रष्टै छ । जसका कारण आईजीपी थापालाई सकस समेत परेको छ ।

तीन ब्याच आंकाक्षीहरुको लबिङमा अघिल्ला दुई ब्याचीका अर्कमण्य र कुकृत्यहरु क्रमश बाहिर आउने क्रम बढेको छ । यी अघिल्ला दुई ब्याचहरु एआईजी र आइजीपीका प्रतिस्पर्धी नहुनेभएकाले अब हुने बढुवामा ब्यावसायिक क्षमता सहित अनुभव बटुल्न पनि तेस्रो ब्याच समेट्नु पर्ने दबाब बढेको हो ।

यहि तेस्रो ब्याच मध्येका एक नै नेपाल प्रहरीको प्रहरी महानिरीक्षक अर्थात आइजीपी हुने समुह भएकाले पनि भिडन्त रोचक,घोचक र पेचिलो बनेको हो । त्यसैले पनि आइजीपी सैलेश थापालाई सकस बढेको चर्चा संगठनमा चुलिएको छ । आइजीपी थापाले यस अघि आफ्नो ब्याच मात्र भने पनि अब विचार गर्ने मनस्थितीमा रहेको स्रोतले जनाएको छ ।

तर अब हुने डीआईजी बढुवाका लागि प्रहरी महानिरीक्षक आइजीपी थापाकै ब्याचका टोलीसहित ११ चैत २०४९ र ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएहरु बढुवाको प्रतिस्पर्धामा रौसिएर लागि परिरहेकाछन् । आईजीपी क्षेत्रीका ब्याचका १४ जना एसएसपी डीआईजी ९ सुचीमा पर्ने गरि रौसिएपनि पछिल्ला ब्याच उत्तिकै शक्तीशाली भएर अघि बढेकोले सोचनिय बनेको हो ।

बढुवाका लागि आँखा गाडेर बसेको तेस्रो ब्याचले पनि भविश्यमा नेतृत्वमा जाने लाइन स्पष्ट देखेकाले शक्ती केन्द्रलाई सोच्न बाध्य मात्र तुल्याएको छैन् तिन जना सम्म भएपनि यस पटकको बढुवामा ढोका प्रबेश गराउनै पर्ने भन्दै दबाब बढाएको छ ।

बर्तमान आइजीपी थापाका ब्याचका गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण, डा। देवबहादुर बोहरा, दिवेश लोहनी,शौरभ राणा,रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाका दाबेदार हुन् ।

ऐर,कँडेल,चौधरी,कर्ण,बोगटी र साह बढुवाका लागि दह्रो दाबेदारी रहेपनि सचेत र नसिहद सहित विभिन्न समयमा विभागिय कारबाही भएका प्रहरी अधिकारी हुन् । त्यसैगरि लोहनी र राणा निलम्बनमा परेका थिए ।

निरीक्षकमा ११ चैत २०४९ मा भर्ना भएका क्षेत्रीको वैकल्पिक ब्याचका एसएसपीहरु पनि डीआईजी बढुवाको पर्खाइमा छन् । उक्त समुहका विश्वराज पोखरेल डीआईजी भएर पनि एआईजी बढुवा भएसँगै अन्यहरु सहकर्मीहरु डिआइजीमा पर्न लागि परिरहेकाछन् ।

यो समुहबाट बढुवाको लाइनमा रहेका एसएसपीहरुमा प्रकाश अधिकारी,सुशीलकुमार यादव, मकुन्द राज आचार्य,हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, देब बोगटी,मकुन्द कुमार आचार्य,राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउद अलाम खाँ,किशोर दाहाल,प्रदिप कुमार श्रेष्ठ रहेकाछन् ।

त्यसो त एसएसपी अधिकारी, यादव,आचार्य,वाग्ले,सिंह,चन्द,बोगटी,आचार्य,चौधरी,खत्री,कोइराला र श्रेष्ठ पनि आफ्नो कार्यकालका कारबाही स्वरुप चेतावनी भेटीसकेका प्रहरी अधिकारी हुन् । खाँ,दाहाल र उपाध्याय कारबाही नभएपनि कार्यक्षमता प्रश्न उठ्ने गरेकाले बढुवामा पछि पर्दै आएको चर्चा हेडक्वाटर नक्सालमा छ ।

त्यसैगरि ५ चैत २०५१ मा भर्ना भएका निरीक्षकहरुको टोली पनि एसएसपीबाट डीआईजीमा बढुवा हुन उत्तीकै लागि परिरहेकाछन् । उ

नीहरु अहिल्यै डीआईजीमा बढुवा भएर भावी नेतृत्वका लागि पनि अनुभव बढ्ने भएकाले रस्साकस्सी मच्चिएको हो । यस समुहबाट एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, रामदत्त जोशी,मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल रहेका छन् ।

यहि ब्याचका एसएसपी डा गणेश रेग्मी भने अबकासको मुखमा रहेकाछन् । प्रहरी प्रधान कार्यालयले वरिष्ठताको आधारमा बढुवा गर्ने इच्छा राखे पनि बरिष्ठ भनिएकाहरुको कार्यक्षमता र सम्पादनमा प्रश्न खडा भएकाले अब हुने बढुवामा पुर्नविचार गर्न उचित ठानेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०२०-१२-२६ , समय : ११:२२:३९ , ३ वर्ष अगाडि