विभिन्न पार्टी परित्याग गरि १२४ जना नेपाली कांग्रेसमा प्रबेस

प्रशान्त निराैला , २०२६  पटक हेरिएको

  • लेटाङ १० पुस । उत्तरी मोरङको सुन्दर नगरपालिका लेटाङमा विभिन्न पार्टी परित्याग गरि १२४ जना नेपाली कांग्रेस प्रबेश गरेका छन ।

नेपाली कांग्रेस लेटाङले राखेको पार्टी प्रबेश कार्यक्रममा संघिय लोकतान्त्रिक रास्ट्रीय मन्च- संघिय लिम्बुवान मंचका केन्द्रीय सदस्य रबिन चेम्जोङ सहित विभिन्न पार्टी परित्याग गरि उहाहरु नेपाली कांग्रेस प्रबेश गर्नुभएको हो । ।
उहाँहरुलाई नेपाली कांग्रेस मोरङका सभापती डिगबहादुर लिम्बू महासमिती सदस्य शंकर राई , क्षेत्रीय सभापती खड्ग फागो लगायतले स्वागत गर्नुभएको थियो ।
असली पार्टी भनेको नेपाली कांग्रेस मात्र भएको र यसलाई अंगालेको नबप्रबेसी रबिन चेम्जोङले बताउनुभयो । सुख दुखको साथी बन्न तथा बिकास र समृद्धि कांग्रेसले मात्र ल्याउन सक्ने भएकाले आफुहरुले कांग्रेस रोजेको उहाले जनाउनुभयो ।

प्रकाशित मिति: २०२०-१२-२५ , समय : २२:२७:५८ , ३ वर्ष अगाडि