९ जना मन्त्री थपिए, ६ जनाको जिम्मेवारी हेरफेर र दुई जनाको विदाइ

Enepal Patra Pvt. Ltd. , ५१८  पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार अबेर गरिएको मन्त्रिपरिषद् विस्तारमा ८ जना मन्त्री थपिएका छन् भने एकजना राज्यमन्त्री। यस्तै एक मन्त्री र एक राज्यमन्त्रीको पद गएको छ। खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडको पद गएको हो।

नयाँ मन्त्री हुनेहरु सबैले शुक्रबार साँझ नै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन्।

शुक्रबार नयाँ थपिएका मन्त्री र जिम्मेवारी यसप्रकार छः

१ टोपबहादुर रायमाझी – ऊर्जा

२ प्रभु साह – शहरी विकास

३ गौरीशंकर चौधरी – श्रम रोजगार तथा सामाजिक सुरक्षा तथा

४ गणेश ठगुन्ना – सामान्य प्रशासन

५ मणि थापा – खानेपानी

६ दाबा लामा – युवा तथा खेलकूद

७ प्रेम आले – वन तथा वातावरण

८ जुली महतो – महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण

९ विमला विश्वकर्मा – उद्योग राज्यमन्त्री

जिम्मेवारी हेरफेरमा परेका मन्त्रीहरु यसप्रकार छन्ः

१ हृदयेश त्रिपाठी – सामान्य प्रशासनबाट स्वास्थ्य

२ कृष्णगोपाल श्रेष्ठ – शहरी विकासबाट शिक्षा

३ भानुभक्त ढकाल – स्वास्थ्यबाट पर्यटन

४ पदमा अर्याल –भूमि व्यवस्थाबाट कृषि

५ शिवमाया तुम्बाहाङफे – कानूनबाट भूमि सुधार

६ लिलानाथ श्रेष्ठ – महिला, बालबालिकाबाट कानून।

प्रकाशित मिति: २०२०-१२-२५ , समय : २१:३१:१४ , ३ वर्ष अगाडि