अब नेपालमै फालाम र स्टीलको उत्पादन गर्नुपर्छः उपराष्ट्रपति  

Enepal Patra Pvt. Ltd. , ६३६  पटक हेरिएको

काठमाडाँै, चैत २५ गते ।  उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्रील तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्दैछौँ भन्ने सुन्दा मलाई गौरवको अनुभूति भइरहेको छ, तर यथार्थ के हो भने फलाम र स्टील भने हामीले आयात गरिरहेका छौँ । हाम्रा पूर्खाले सञ्चालन गरेका तामा र फलाम खानी अहिले इतिहास बनेका छन् । सुन, चाँदी, यूरेनियम, पेट्रोल, डिजेल, ग्यास तथा बहुमुल्य धातु हाम्रो जमिनभित्र छन् भन्ने थाहा छ । तर, सदुपयोग गर्न सकिरहेका छैनौँ ।” नेपालमै उत्खनन भएको फलाम तथा स्टील प्रयोग गर्नुको बिकल्प नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालमै रहेका खानीको उत्खनन् गर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पर्यटनको विकास, जडिबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन् गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ढिला गर्न नहुनेमा जोड दिनुभयो । प्रविधिको विकास नै आजको विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले प्रविधिको आविष्कार र प्राविधि भित्र्याउनेतर्फ सबैको सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

विश्व बजारमा नेपाली उत्पादनका माग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा ग्रील तथा स्टील व्यवसायीले पनि गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उपराष्ट्रपतिले भन्नुभयो, “विश्व बजारमा आज पनि नेपाली वस्तुहरु निर्यात भइरहेकै छन् । तर, अपेक्षित छैन । भनिन्छ, विश्वबजारमा नेपाली वस्तु निर्यात नहुनुको पहिलो कारण उत्पादन नै नहुनु हो, दोस्रो कारण गुणस्तरीय नहुनु । ग्रील तथा स्टील व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गर्नुहुनेछ । किनकी यहाँहरुले उत्पादन गर्ने वस्तुलाई मानिसहरुले जीवनको सुरक्षाका लागि प्रयोग गरिरहेका छन् ।”

“सरकारी नीतिको अभावमा सबै व्यवसायी कानूनी दायरामा नआउनु, व्यवसायीकरण र प्रतिस्पर्धीभन्दा निर्वाहमुखी हुनु, आधुनिक प्रविधिको अभावमा गुणस्तरीय सामाग्री दिन नसक्नुलगायत समस्या यहाँहरुले भोगिरहनु भएको छ । यसमा सरकार गम्भीर हुनेछ र सबै समस्याहरु समाधान हुँदै जानेछन्”– ग्रील तथा स्टील क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरेर कानूनी तथा नीतिगत सुधारमा सरकारले प्रयास जारी राखेको जानकारी दिँदै उपराष्ट्रपतिले भन्नुभयो । यस क्षेत्रमा दक्ष र अदक्ष गरी करिब एक लाख ६० हजार जनशक्तिका लागि रोजगारी सिर्जना र वार्षिक रु ४५ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको ग्रील तथा स्टील व्यवासयी महासङ्घले जनाएको छ ।     अब नेपालमै फालाम र स्टीलको उत्पादन गर्नुपर्छः उपराष्ट्रपति
काठमाडाँै, चैत २५ गते ।  उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्रील तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्दैछौँ भन्ने सुन्दा मलाई गौरवको अनुभूति भइरहेको छ, तर यथार्थ के हो भने फलाम र स्टील भने हामीले आयात गरिरहेका छौँ । हाम्रा पूर्खाले सञ्चालन गरेका तामा र फलाम खानी अहिले इतिहास बनेका छन् । सुन, चाँदी, यूरेनियम, पेट्रोल, डिजेल, ग्यास तथा बहुमुल्य धातु हाम्रो जमिनभित्र छन् भन्ने थाहा छ । तर, सदुपयोग गर्न सकिरहेका छैनौँ ।” नेपालमै उत्खनन भएको फलाम तथा स्टील प्रयोग गर्नुको बिकल्प नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालमै रहेका खानीको उत्खनन् गर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पर्यटनको विकास, जडिबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन् गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ढिला गर्न नहुनेमा जोड दिनुभयो । प्रविधिको विकास नै आजको विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले प्रविधिको आविष्कार र प्राविधि भित्र्याउनेतर्फ सबैको सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

विश्व बजारमा नेपाली उत्पादनका माग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा ग्रील तथा स्टील व्यवसायीले पनि गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उपराष्ट्रपतिले भन्नुभयो, “विश्व बजारमा आज पनि नेपाली वस्तुहरु निर्यात भइरहेकै छन् । तर, अपेक्षित छैन । भनिन्छ, विश्वबजारमा नेपाली वस्तु निर्यात नहुनुको पहिलो कारण उत्पादन नै नहुनु हो, दोस्रो कारण गुणस्तरीय नहुनु । ग्रील तथा स्टील व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गर्नुहुनेछ । किनकी यहाँहरुले उत्पादन गर्ने वस्तुलाई मानिसहरुले जीवनको सुरक्षाका लागि प्रयोग गरिरहेका छन् ।”

“सरकारी नीतिको अभावमा सबै व्यवसायी कानूनी दायरामा नआउनु, व्यवसायीकरण र प्रतिस्पर्धीभन्दा निर्वाहमुखी हुनु, आधुनिक प्रविधिको अभावमा गुणस्तरीय सामाग्री दिन नसक्नुलगायत समस्या यहाँहरुले भोगिरहनु भएको छ । यसमा सरकार गम्भीर हुनेछ र सबै समस्याहरु समाधान हुँदै जानेछन्”– ग्रील तथा स्टील क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरेर कानूनी तथा नीतिगत सुधारमा सरकारले प्रयास जारी राखेको जानकारी दिँदै उपराष्ट्रपतिले भन्नुभयो । यस क्षेत्रमा दक्ष र अदक्ष गरी करिब एक लाख ६० हजार जनशक्तिका लागि रोजगारी सिर्जना र वार्षिक रु ४५ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको ग्रील तथा स्टील व्यवासयी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०१९-०४-०९ , समय : १४:२४:४० , ५ वर्ष अगाडि