काठमाडौं, पुस १ गते । नेपालमा कोरोना भाइरसका ७३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ४९ हजार १३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल नौ हजार ७५७ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९५.०८ प्रतिशत छ ।

नेपालमा अहिले ४५२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.