काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै कम न्यूनतम तापक्रम भएको छ । बिहानमा निकै चिसो बढेको छ । सोमबार बिहान न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले बताए ।

आइतबार न्यूनतम तापक्रम ४.५ डिग्री रहेकामा सोमबार ०.५ डिग्री कम भएको हो । डिसेम्बर २०–२२ आउँदै रहेकाले अब दैनिकजसो न्यूनतम तापक्रम घट्दै जाने सापकोटाले बताए ।

उनले चिसो बढेको भए पनि काठमाडौं उपत्यकामा सोमबार मौसम सफा रहने बताए ।

अधिकतम तापक्रम भने उपत्यकामा २० देखि २२ डिग्री हुन सक्ने सापकोटाले जानकारी दिए । आइतबार २१.६ डिग्री सेल्सियस रहेको थियो ।

आइतबार सबैभन्दा बढी भैरहवामा २४.८ डिग्री रहेकामा जुम्लामा सबैभन्दा कम माइनस ३.९ डिग्री रहेको थियो ।

सापकोटाका अनुसार प्रदेश १ का केही स्थानमा फाटफुट वर्षा हुने सम्भावना रहेको छ भने हिमाली भेकमा हल्का हिमपात हुन सक्नेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १–२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राति प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले तराईका अधिकांश भूभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.