प्रधानमन्त्रीले आह्वान गरेका संवैधानिक परिषद्को बैठक देउवाद्धारा अस्वीकार

'कांग्रेसको सरकार विरोधी आन्दोलन २९ गते'

Enepal Patra Pvt. Ltd. , ४३२  पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएका संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

बैठक हुन एक दिन मात्रै बाँकी छँदा सभापति देउवाले आफ्नो प्रियपात्र रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका हुन् ।

स्रोतले बताएअनुसार देउवाले आफूहरुको २९ गतेको प्रदर्शनलाई प्रभावित पार्नेगरी बैठक बोलाइएको हुनसक्ने ठहर गर्दै ओलीलाई यस्तो सन्देश पठाएका हुन् ।

ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् । देउवाले भने प्रदर्शनभन्दा अगाडि आफूले बैठकमा उपस्थिति जनाउन नसक्ने बताएका छन् ।

कानूनी व्यवस्थाअनुसार संवैधानिक परिषद्मा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने भनिएको छ ।

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तलगायत अन्य थुप्रै निकायहरु अहिले नेतृत्वबिहीन छन् ।

यसअघि नियुक्तिकै विषयमा ओलीले देउवासँग छलफल गरेका थिए । कांग्रेसले आगामी २९ गते देशव्यापी सरकार विरोधी आन्दोलन गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: २०२०-१२-१२ , समय : १९:२३:४६ , ३ वर्ष अगाडि