२– २ गोलको बराबरी खेल्दै हिमालय हाइवे र शिखरले बाढे अङ्क

Enepal Patra Pvt. Ltd. , ५८२  पटक हेरिएको

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ), २५ मङ्सिर । मोरङको पथरी रङ्शालामा बुधबार देखि लिग फुटबल सुरु भएको छ । मोफसलमा पहिलो पटक भएके फ्रेन्चाइज लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शिखर फुटबल क्लव र हिमालय हाइवे फुटबल क्लवले २÷२ गोलको बराबरी खेल्दै अङ्क बाढेका छन् ।
उद्घाटन खेलमा हिमालय हाइवका किम्जो राईले २८ औं मिनेटमा उद्घाटन गोल गरे । १ गोलको अग्रता लिएको हिमालय हाइवेले पूर्वाद्र्धको अतिरिक्त समयमा थप १ गोल गरेर अग्रता दोब्बर बनायो । अग्रता दोब्बर बनाउन अम्बर याक्खाले उत्कृष्ठ गोल ठोके । सुरु देखि नै दबाबमा रहेको हिमालय हाइवे विरुद्ध शिखरले एक पछि अर्को दबाब सिर्जना गरे पनि गोल गर्न सकेको थिएन ।
२–० को दबाबमा रहेको शिखर फुटबल क्लवले दोस्रो हाफ पछि ३ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥यायो । शिखरका लागि ६५ औं मिनेटमा बम्फे धिमालले गोल गरे भने ६८ औं मिनेट सौर्य राउतले गोल गरे । अङ्क बाढ्न बाध्य पार्ने सौर्य आजको खेलमा म्यान अफ द म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक दिलिपकुमार गिरीले पुरस्कृत गरे ।
बिहीबार हेरिका न्यू स्टार र श्रीजङ्घा फुटबल बीच लिगको दोस्रो खेल हुनेछ । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवोदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लबले सहभागिता जनाउने छन् । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार रुपियाँ नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन भने उपबिजेताले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन । प्रतियोगितामा सहभागी क्लवले नगद १० हजार रुपियाँ बुझाएर सहभागिता जनाएका छन् । कोरोना कहरका बीच उल्लेख्य दर्शकहरूको उपस्थितिका साथ भइरहेको प्रतियोगितामा १२ १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०२०-१२-१० , समय : १७:४३:०१ , ३ वर्ष अगाडि