ग्यास सिलिन्डर बाट आगो लागेर गम्भीर घाईतेको उपचारकै क्रममा निधन

खाना पकाउने ग्याँस बाट आगो लाग्दा एकको निधन

Enepal Patra Pvt. Ltd. , १०१४  पटक हेरिएको

लेटाङ, २४ मंसिर । ग्यास सिलिन्डर लिक भएर शरिरमा आगो लाग्दा मोरङको लेटाङ ९ जाँतेमा एक महिलाको मृत्यु भएको छ ।

शरिरमा आगो सल्केर घाइते भएकी टंकमाया आचार्यको बुधबार काठमाडौंको सुमेर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आचार्यको मंसिर १७ गते ग्यास लिक भइ शरिरमा आगो सल्केको थियो ।

प्रकाशित मिति: २०२०-१२-०९ , समय : २१:२३:०५ , ३ वर्ष अगाडि