श्याम तामाङलाई मेयर राई द्धारा भेट

Enepal Patra Pvt. Ltd. , ४८२  पटक हेरिएको

लेटाङ २४ मंसिर । दुर्घट्नामा परेर गम्भिर घाईते भई काठमान्डौ स्थित टिचिङ अस्पतामामा उपचाररत लेटाङ नगरपालिका वडा नं ६ का श्याम तामाङलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राई भेट गरि आर्थिक सहयोग गर्नुभएको छ ।
मंसिर १ गते भाईटिकाको दिन भाईटिका लगाएर घर फर्कने क्रममा लेटाङ २ बुधवारेमा मोटरसाईकल दुर्घट्ना हुँदा तामाङ गम्भिर घाईते भएका थिए । दुर्घट्ना पछि तत्काल बिराटनगर पुर्याईएका उनलाई त्यहाँका अस्पतालले काठमान्डौ रिफर गरेको थियो ।
आर्थिक अवस्था कमजोर रहेका तामाङलाई उपचारका लागि ५० लाख बढी लाग्ने अनुमान डाक्टरले गरेपछि परिवारले समुदाय समक्ष आर्थिक सहयोगका लागि अपिल गरेको थियो ।
नगरप्रमुख शंकर राईले ब्यक्तिगत रुपमा श्याम तामाङको उपचारका लागि १० हजार रुपैया सहयोग गर्नुभएको छ भने लेटाङ नगरपालिकाले २० हजार रुपैया सहयोग गरेको जानकारी दिनुभयो ।
श्याम तामाङको अनुहारको भाग दुर्घट्नाले क्षतविच्छेत भएपछि उपचारका लागि ठुलो रकम लाग्ने अस्पतालले जनाएको छ भने देश बिदेश वाट तामाङको उपचारका लागि रकम जुटिरहेको छ । अझै धेरै रकम अभाव भएको समेत परिवारले जनाएको छ ।

प्रकाशित मिति: २०२०-१२-०९ , समय : २०:५०:०९ , ३ वर्ष अगाडि