मलाङ थानमा आगलागी हुदा २० हजार बराबरको क्षति

Enepal Patra Pvt. Ltd. , ५८२  पटक हेरिएको

रबिन्द्र बराल

लेटाङ, २४ मंसिर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ लबटोली स्थित मलाङ थानमा आगलागी हुदा २० हजार बराबरको क्षति भएको छ ।

बिहान सात बजे भागिरथ केबरतको गुवाली र भान्सा काेठामा आगलागी हुदाँ गुवालीमा बाँधिएको एउटा गाई समेत आगाेले जलेको प्रहरीले जनाएको छ ।

गुवालिमा बालिएकाे आगाेबाट फैलिएको र आगलागीबाट अन्दाजी २५ हजार बराबरको क्षती भएको रंगेली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-१२-०९ , समय : १०:१९:३४ , ३ वर्ष अगाडि