गोली हानेर होइन, घाँटी रेटेर शिक्षकको हत्या : प्रहरी

Enepal Patra Pvt. Ltd. , ६८८  पटक हेरिएको

मोरङ २३ मंसिर। मोरङमा गोली हानेर शिक्षकको हत्या भनिएको भए पनि प्रहरीले घाँटी रेटर हत्या भएको पुष्टि गरेको छ । यसअघि स्थानीयले गोली हानेर शिक्षकको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रयोग गरि घाँ टी रे टेर ह त्या गरिएको प्रहरीले पुष्टि गरेको छ । मोरङ प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मोरङ प्रहरीले ५४ वर्षिय श्रेष्ठको दुबै हात बाँधेर घाँ टी रे टेर ह त्या गरेको अवस्थमा शव भेटिएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीका अनुसार प्रहरी घटनास्थलमा पुग्दा मृ तकको घाँटीमा धा रिलो ह तियार प्रहार गरिएको देखिएको छ, दुबै हात बाँधेको अवस्थामा पछाडी रहेको छ । शव भेटिएको स्थान मृ तकको घरदेखि करिब एक किलोमिटरकोदुरीमा छ ।

मंगलबार बिहान ७ बजेको समयमा ४र५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको थियो । प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोलीघटनास्थलमा पुगेर अहिले अनुसन्धान भइरहेको डिआइजी कार्कीले जानकारी दिए । श्रेष्ठको ह त्या विप्लव समूहले गरेको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मिति: २०२०-१२-०८ , समय : १७:५१:२६ , ५ वर्ष अगाडि