पौडेलको गिरफ्तारीमा विरोध

Enepal Patra Pvt. Ltd. , ८९३  पटक हेरिएको

बिराटनगर,  १८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बाट तनहुँ व्यास १, १० र ११ जोड्ने पक्की पुलको उद्घाटन गर्न जादा नेकपाको सरकारले पौडेललाइ प्रहरी प्रशाशन लगाएर अपमानपुर्ण ढंगवाट पक्राउ गरेको विरोधमा आज नेपाली काग्रेस विराटनगर माहानगर समीतिले विरोध कार्यक्रम को आयोजना गर्यो ।

नेकपा को सरकारले अधिनायकबाद , सर्वसत्ताबाद को परिचयदिदै गणतान्त्रिक संविधानलाइ कुल्चने धृष्टता गरेको छ ये सरकार लोकतान्त्रिक सरकार हुदै होइन यस्ले लोकतन्त्रको संम्बर्धन गर्न सक्दैन भन्दै बिरोधकार्यक्रममा कडा आपत्ती रहेको कुरा मोरंग काग्रेस सभापती डिग बाहादुर लिम्बुले वताउनु भयो

बिरोध कार्यक्रममा नेपाली कांग्रेस प्रदेस सभाका प्रमुख सचेतक केदार कार्की राजेस गुप्ता प्रमिला थापा लगायतहरु समेतले बोल्नु भएको थियो

 

 

मोरंग काग्रेसको कडा आपत्ती

 

मोरंग काग्रेस सभापती डिग बाहादुर लिम्बुले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल को गिरफ़्तारी प्रती कडा आपत्ती जनाएको छ ।

विज्ञप्ति मा तनहुँ जील्लाको व्यास नगरपालिकामा राजनैतिक प्रतिशोध र सत्ताशक्तीको उन्मादले योजनावध्द ढंगवाट भ्रष्ट तथा नालायक नेकपाको सरकारले बर्बर आतंकपुर्ण ज़्यादती र गिरफ़्तार गर्ने कार्य गरेर लोकतान्त्रिक राज्यव्यवस्था माथिको उपहास मात्र नगरी कम्युनिस्ट अधिनायकवादी कुरुपताको नांगो प्रद्र्शन गरेकोमा घोर भत्सर्ना एव निन्दा गर्दछ ।

विज्ञप्तीमा भनिएको छ वर्तमान सरकारबाट मुलुकको लोकतान्त्रिक संविधानको धज्जी उडाउदै यो सरकार प्रजातन्रवादी सरकार होइन भन्ने कुरा समेत प्रमाणित गरेको छ

यस्तो कार्यबाट नेपाली काग्रेस विचलित नहुने दृढ़ता व्यक्त गर्दै विज्ञप्ति जारी गरिएको छ ।

 

 

प्रकाशित मिति: २०२०-१२-०३ , समय : २०:०६:०० , ३ वर्ष अगाडि